मुख्य समाचार
बर्लिन पुगेर अल्लु अर्जुनले भने- हामी ‘पुष्पा ३’ को तयारीमा जुटिसकेका छौं
बर्लिन पुगेर अल्लु अर्जुनले भने- हामी ‘पुष्पा ३’ को तयारीमा जुटिसकेका छौं

। चर्चित भारतीय अभिनेता अल्लु अर्जुनका फ्यानलाई खुसीको खबर । उनी अभिनित फिल्म ‘पुष्पा’को तेस्रो श्रृंखला निर्माण हुने भएको छ । दोस्रो भाग रिलिज हुन केही महिना बाँकी रहँदा अभिनेताले तेस्रो सिक्वेल आउने खुलासा गरेका छन् ।

जर्मनीमा जारी बर्लिन फिल्म फेस्टिभलमा पुगेका अल्लुले ‘पुष्पा’को थप श्रृंखला बनाउने तयारीमा आफूहरु रहेको बताए । दोस्रो भाग भने १५ अगस्टमा रिलिज तयारीमा छ ।

फेस्टिभलमा फ्यानसँग अभिनेताले अन्तरक्रिया गरेका थिए । हलिउड म्यागजिन भेराइटीसँगको एक अन्तर्वार्तामा अल्लुले भने, ‘तपार्इं पक्कै पनि तेस्रो भागको आशा गर्न सक्नुहुन्छ । हामी यसलाई फ्रेन्चाइजी बनाउन चाहन्छौं र हामीसँग लाइनअपका लागि रोमाञ्चक विचार छन् ।’

उनले अगाडि भने, ‘म यो फिल्मलाई विदेशमा रहेका मानिसले भारतीय सिनेमालाई कसरी हेर्छन् भनेर बुझ्ने प्रयास गर्न चाहन्छु । साथै, फिल्म फेस्टिभल कस्तो हुन्छन्, कस्तो किसिमका फिल्म हेरिन्छन् र त्यहाँ आउने मानिसको कस्तो मानसिकता छ भन्ने बुझ्न चाहन्छु ।’

उनले फिल्मको दोस्रो भागबारे पनि केही चर्चा गरे । ‘पुष्पा २ मा तपाईंले पुष्पा १ मा देखेको भन्दा धेरै भिन्न कुरा देख्नुहुनेछ । चरित्रको हिसाबले, स्केल र प्रस्तुतीकरणको हिसाबले यसको क्यानभास बृहत हुनेछ,’ अल्लुले भने, ‘तुलना गर्दा यो पुष्पा १ भन्दा भव्य हुनेछ र चरित्रको आयाम फरक छ ।’

सुकुमार निर्देशित ‘पुष्पा : द रुल’मा अल्लु अर्जुन पुष्पराज, रश्मिका मन्दाना उनकी पत्नी श्रीवल्ली र फहद फासिल भंवर सिंह शेखावतको भूमिकामा छन् । सन् २०२१ मा रिलिज भएको फिल्मको पहिलो भाग ब्लकबस्टर भएको थियो । भारतमा मात्रै नभई अन्य देशबाट पनि फिल्मले धेरै माया पाएको थियो, फिल्मका संवाद र गीत सामाजिक सञ्जालमा निकै चर्चित बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...
। अष्ट्रेलियाली पूर्वक्रिकेटर तथा चर्चित ब्याट्सम्यान डेभिड वार्नर फिल्म क्षेत्रमा देखिने भएका छन् । वार्नरले भारतको तेलुगु फिल्म निर्देशक भेन्की कुदुमुलाको आगामी एक्सन ड्रामा ‘रोबिन हुड’बाट डेब्यु गर्दैछन् । वार्नरले सोसल मिडिया प्लाटफर्म एक्समा पोस्ट सेयर गर्दै यसबारे जानकारी दिएका हुन् । जसमा उनले फिल्ममा काम गर्न निकै उत्साहित रहेको बताएका छन् । यो फिल्मलाई मैत्री मूभि ...