मुख्य समाचार
आइतबारदेखि देशभर दादुराविरुद्ध खोप लगाइने
आइतबारदेखि देशभर दादुराविरुद्ध खोप लगाइने

:सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ ।


अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलन गरेर वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिए। उनले ती बालबालिकालाई एक हजार छ सय ७० खोप केन्द्रबाट खोप लगाइने बताए।



पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने उनले बताए । बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुनेछन् ।
काठमाडौँ महानगरपालिकामा दुई लाख ५० हजार बालबालिका छन् । काठमाडौँ जिल्लाका १० स्थानीय तहमा शङ्खरापुर, कागेश्वरी मनहरा, गोकर्णेश्वर, दक्षिणकाली, नागार्जुन, टोखा, तारकेश्वर, बूढानीलकण्ठ, चन्द्रागिरि र कीर्तिपुरमा फागुन १३ गतेदेखि र काठमाडौँ महानगरपालिकामा यही फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । खोप अभियानमा तीन सय ३२ स्वास्थ्यकर्मी र तीन हजार एकजना स्वयंसेवक परिचालन गरिने छ ।

भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ ।

काठमाडौँ दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्ला हो । यो नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ । गत वर्ष काठमाडौँ जिल्लामा दादुरा–रुवेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एकजनाको मृत्यु भएको थियो । गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यस दिनमा अंगदानले जीवन बचाउने कुराबारे सचेतना फैलाउने काम गरिन्छ । साथै अंगदान गरी कसैको जीवन बचाउन योगदान गर्ने व्यक्ति र उसको परिवारको सम्मान स्वरुप यो दिवस मनाइन्छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बुधबार विशेष कार्यक्रम आयोजना गरी विश्व अंगदान दिवस मनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको उपस्थितिमा केन्द्रले समारोह आयोजना गरेको ...
सावधान ! सेयरको लोभ देखाउँदै आउने म्यासेज खोल्दा बैंक खाता रित्तिएला
— नेपालमा जापानिज इन्सेफलाइटिस संक्रमितको संख्या ३३ पुगेको छ । १० दिनअघि १३ जनामा संक्रमण पुष्टि भएको थियो भने यो क्रम रोकिने देखिँदैन । स्वास्थ्य मन्त्रालयका अनुसार जापानिज इन्सेफलाइटिस संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ भने यो १८ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार संक्रमितमध्ये मृत्यु हुने दर नौ प्रतिशतभन्दा बढी छ । संक्रमित ...
ट्रम्प र तानको सम्बन्धमा नयाँ मोड
भारतीय परराष्ट्र सचिव मिस्री आइतबार काठमाडौं आउँदै