मुख्य समाचार
राष्ट्र बैंकले भन्यो- सर्वसाधारणको बचत पूर्णरूपमा सुरक्षित छ, भ्रममा नपरौं
राष्ट्र बैंकले भन्यो- सर्वसाधारणको बचत पूर्णरूपमा सुरक्षित छ, भ्रममा नपरौं

: नेपाल राष्ट्र बैंकले बैंकिङजस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्ने गरी भइरहेको दुष्प्रचारको पछाडि नलाग्न सबैमा आग्रह गरेको छ।


केन्द्रीय बैंकले मंगलबार सूचना प्रकाशित गरी लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमितरूपमा बैंकिङ कारोबार गर्न अनुरोध गरेको छ। 'नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी यस बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति/समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति यस बैंककको गम्भीर ध्यानाकर्षण भएको छ,' सूचनामा भनिएको छ।

बैंकिङ क्षेत्र अर्थव्यवस्थाको मेरुदण्ड भएको उल्लेख गर्दै केन्द्रीय बैंकले नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्‍याउन मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै समग्र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न यस बैंकलाई कानुनले स्पष्ट 'इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासका आधारमा यस बैंकले दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहने तथा ती संस्थामा यस बैंकबाट नियमितरूपमा निरीक्षण र सुपरिवेक्षण हुने गरेको छ,' राष्ट्र बैंकले सूचनामा भनेको छ।



राष्ट्र बैंकले सर्वसाधारणको बचत सुरक्षित रहेको समेत जनाएको छ। 'बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको ब्यहोरा अनुरोध छ। बैंकिङ जस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंक हार्दिक अनुरोध गर्दछ,' सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सामाखुसी यातायात प्रालिले सात करोड रुपैयाँ लगानीमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिले नीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै थप बस सञ्चालनमा ल्याएको बताए । ‘काठमाडौं उपत्यकामा यात्रुको अत्यधिक चाप छ, बस थपेसँगै यात्रुलाई सहज हुने विश्वास लिएका छौं’, उनले भने । काठमाडौंको उत्तरी क्षेत्रमा बढ्दो जनसङ्ख्या तथा स्थानीय तहको चाहनाअनुसार बस ...
: चालु आर्थिक वर्षमा वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालयको राजश्व संकलनमा सुधार हुँदै आएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनयताका दुई महिना (भदौ र असोज) मा लगातार राजश्व संकलनमा सुधार आएको हो । गत असोजमा ड्राइपोर्ट भन्सारले लक्ष्यको ९०.३१ प्रतिशत राजश्व संकलन गरेको छ । जबकि गत भदौमा लक्ष्यको ८८.५० ...
: अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेका कार्यहरूमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन,आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन,कन्ट्री क्रेडिट रेटिङको तयारी पूरादेखि सङ्‍घीय संसदमा विधेयक पेशसम्म छन्। अर्थ मन्त्रालका प्रवक्ता महेश भट्टराईले अर्थतन्त्रमा चुनौतीहरू रहेपनि पहिलेको तुलनामा ...
: नेपाल वायुसेवा निगमले न्यारोबडी र वाइबडी जहाजको असोज महिनाको किस्ता बुझाएको छ। अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो। लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ असोज महिनाको किस्ता बापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी ५३ करोड ...
। नेपाल वायुसेवा निगम (नेवानि) ले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेका चार थान जहाजको किन्दा लिएको ऋणको किस्ता तिरेको छ । नेवानिले दुई न्यारो बडी र दुई वाइड बडी जहाजका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वको किस्ता बुझाएको हो । दुई न्यारो बडी जहाजको २०८१ असोजको किस्ता बापत पूरा र दुई वाइड बडीको ...