मुख्य समाचार
साम्बाको ५ गोलमा इराकविरुद्ध नेपालको शानदार जित
साम्बाको ५ गोलमा इराकविरुद्ध नेपालको शानदार जित

: वाफ वुमेन्स फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा पनि नेपालले फराकिलो जित निकालेको छ। बिहीबार साउदी अरेबियामा भएको समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले इराकलाई ५-० गोलले पराजित गरेको हो।


नेपालको फराकिलो जितमा पाँचै गोल सावित्रा भण्डारी (साम्बा)ले गरेकी थिइन्। पहिलो हाफमा चार गोल गरेकी सावित्राले दोस्रो हाफमा एक गोल थपेकी थिइन्। उनले ४४ अन्तर्राष्ट्रिय खेलमा आफ्नो गोल संख्या ४९ पुर्‍याएकी छन्। सावित्रा सन् २०१४ देखि राष्ट्रिय टोलीमा छिन्।

१४औं मिनेटमा नेपाललाई अग्रता बनाएको थियो। रेखा पौडेलले उपलब्ध गराएको पासलाई नियन्त्रणमा लिँदै सावित्राले उत्कृष्ट गोल गरेकी थिइन्। त्यसपछि १६औं मिनेटमा सावित्राले नेपालको अग्रता दोब्बर पारेकी थिइन्। खेलको ३७औं मिनेटमा सावित्राले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन्। पूजा रानाले उपलब्ध गराएको पासमा उनले हेड गोल गरेकी थिइन्। त्यसपछि ४४औं मिनेटमा उनले अर्को गोल थपेकी थिइन् । रेखा पौडेलको पासलाई नियन्त्रणमा लिँदै उनले व्यक्तिगत चौथो गोल गरेकी थिइन्।



पहिलो हाफमा लगातार गोलको अवसर बनाए पनि दोस्रो हाफमा भने नेपालले गोल गर्न लामो समय कुर्नुपरेको थियो। खेलको ८०औं मिनेटमा सावित्राले पाँचौं गोल गर्दै नेपाललाई फराकिलो जित दिलाइन्। लगातार दोस्रो जितसँगै नेपालले ६ अंक जोडेको छ। नेपालले समूह चरणको पहिलो खेलमा सिरियालाई ४औ१ गोलले पराजित गरेको थियो।

प्रतियोगितामा आठ टोलीको सहभागी छन् । नेपाल समूह ‘बी’मा छ। यस समूहमा नेपालसँगै सिरिया, प्यालेस्टाइन र इराक छन्। समूह ‘ए’मा आयोजक साउदी अरेबिया, जोर्डन, ग्वाम र लेबनान छन्। नेपालले अब समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनसँग शनिबार खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...