मुख्य समाचार
टेलर स्विफ्ट बनिन् वर्ष २०२३ की सबैभन्दा चर्चित कलाकार
टेलर स्विफ्ट बनिन् वर्ष २०२३ की सबैभन्दा चर्चित कलाकार

— गत हप्ता पिपुल्स च्वाइस अवार्ड जितेकी गायिका टेलर स्विफ्ट सन् २०२३ को सबैभन्दा चर्चित कलाकार सावित भएकी छिन् । बुधबार इन्टरनेसनल फेडरेसन अफ फोनोग्राफिक इन्डस्ट्री(आईएफपीआई)ले टेलरलाई ग्लोबल आर्टिस्ट चार्टको विजेता घोषणा गरेको हो ।

यसअघि तीन पटक उनले चार्टको शीर्ष स्थान ओगटेकी थिइन् । यो चार्टले टेलरलाई सबैभन्दा धेरै रेकर्डिङ, स्ट्रिमिङ, डाउनलोड र गीत बिक्रीका आधारमा लगातार दोस्रो वर्षको विजेता बनाएको हो ।



आईएफपीआईले हालै सामाजिक सञ्जाल ट्विटरमार्फत स्विफ्टलाई ग्लोबल आर्टिस्ट घोषणा गर्‍यो । 'फेरि टेलरले शीर्ष एकको स्थान ओगटेकी छन् । टेलरले ग्लोबल आर्टिस्ट चार्टको आफ्नो रेकर्ड आफैं तोडेकी छन् । ग्लोबल आर्टिस्ट अफ दि इयर बनेकोमा बधाई टेलर,' आइएफपीआईले लेखेको छ ।

संगीत क्षेत्रले २०२३ लाई टेलर स्विफ्ट वर्षका रूपमा चर्चा गरेको छ । 'ब्ल्यांक स्पेस' गायिका स्विफ्ट सन् २०२३ मै टाइम्सको 'पर्सन अफ दि इयर' भइन् । त्यस्तै, त्यही वर्ष स्विफ्ट गीत स्ट्रिमिङ हुने प्लेटफर्म स्पोटिफाइको ग्लोबल टप आर्टिस्ट बनिन् । यसलाई पप गायिका स्विफ्टको सुरुवात मात्र रहेको धेरैले व्याख्या गरे । २०२४ को सुरुवातमै ग्रामी जितेकी स्विफ्टले विश्वमा आफ्नो पकड निरन्तर रहने छाँटकाँट देखाइसकिन् ।

चार्टका अध्यक्ष लेविस मोरिसन स्विफ्टलाई चौथौ पटकसम्म विजेता घोषणा पाउँदा खुसी व्यक्त गर्छन् । 'चार पटकसम्म चार्टको शीर्ष स्थान ओगट्दा टेलरले विश्वमा पाइरहेको सफलता देखाउँछ । टेलर एकमात्र यस्तो प्रतिभा हुन् जो आफ्नो कला कौशल र फ्यानको प्रेमले विश्वमा रुचाइएकी छन्,'मोरिसनले भने । टेलरपछि चार्टको दोस्रो स्थानमा के-पप समूह सेभेन्टिन परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गोल्डेन ग्लोब अवार्ड विजेता हलिउड अभिनेता टेरेन्स स्ट्याम्पको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ । टेरेन्स ‘सुपरम्यान’ फ्रान्चाइजीको खलपात्र जनरल डजको भूमिकामा परिचित छन् । यसबाहेक, उनी द हन्टेड मेन्सन र मर्डर मिस्ट्रीजस्ता लोकप्रिय फिल्ममा देखा परे । स्ट्याम्पको परिवारले मृत्युको बारेमा आधिकारिक नोट जारी गरेको छ । त्यसमा लेखिएको छ, ‘टेरेन्स स्ट्याम्प एक अभिनेता ...
— सुपरस्टार म्याडोनाले पोप लियो चौधौंलाई तत्काल गाजाको यात्रा गर्न र त्यहाँका बालबालिकाको जीवनरक्षा गर्न आग्रह गरेकी छन् । सोमबार सामाजिक सञ्जालमा अपिल पोस्ट गर्दै उनले पोपलाई त्यस्तो आग्रह गरेकी हुन् । छोरा रोक्कोको जन्मदिनले उनलाई त्यो पोस्ट गर्न प्रेरित गरेको समेत म्याडोनाले उल्लेख गरेकी छन् । रोक्को सोमबार २५ वर्षका लागेका छन् । ‘परम आदरणीय फादर, कृपया गाजामा जानुहोस् ...
: काठमाडौंको बौद्धमा सोमबार रोपाई जात्रा धुमधामका साथ सम्पन्न भएको छ। हरेक वर्ष गाईजात्राको भोलिपल्ट बौद्धमा रोपाई जात्रा गर्ने गरिन्छ। प्रताप मल्लको पालाबाट बनाइँदै आएको रोपाई जात्रालाई आफूहरूले निरन्तरता दिँदै आएको स्थानीयहरूको भनाइ छ। झाँकीसहितको जात्रामा बौद्ध परिसरबाट रोपाई सुरु गरेर बौद्ध परिक्रमासँगै बौद्ध पिपलबोटदेखि टुसालसम्म पुगेको थियो। बौद्धको रोपाइँ जात्रामा खेतमा छ्यापेको हिलोको प्रतीकका रूपमा ...
। बलिउड अभिनेता दीपराज राणाले नेपाली फिल्म ‘सुख दुःख’मा अभिनय गर्ने भएका छन् । निर्मात्री नीता ढुङ्गानासँग उनले लिखित सम्झौता गरेका छन् । सिंघम रिटन्र्स, प्रेम रतन धन पायो, दबङ ३ सहित हालै रिलिज भएको ‘मेट्रो इन दिनो’मा उनको अभिनय छ । बिल्ली उस्ताद, सितारे जमीन परजस्ता फिल्ममा पनि अभिनय गरेका छन् । उनले यसअघि श्रीकृष्ण श्रेष्ठ ...
। विश्वचर्चित फिल्म ‘स्पाइडर-म्यान’को नयाँ श्रृंखलाको छायांकन ग्लास्गोमा सुरु भएको छ । प्राप्त भिडियो र तस्वीरमा अभिनेता टम हल्याण्डले छायांकन थलोमा प्रशंसकलाई भेटिरहेको देखिन्छ । नयाँ श्रृंखलाको नाम ‘स्पाइडर-म्यान : ब्राण्ड न्यू डे’ राखिएको छ । स्कटल्याण्डमा छायांकन भएको अभिनेता हल्याण्डको यो लगातार दोस्रो फिल्म हो । उनी गत महिना इन्भरनेस र मोरे वरपरका विभिन्न स्थानमा क्रिस्टोफर ...