मुख्य समाचार
वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ : नेपाल आज प्यालेस्टाइनको सामना गर्दै
वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ : नेपाल आज प्यालेस्टाइनको सामना गर्दै

— नेपालले वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा शनिबार प्यालेस्टाइनको सामना गर्नेछ । समूह ‘बी’ को यो अन्तिम लिग खेल हुनेछ र यसको नतिजाले समूह विजेता निर्धारण गर्नेछ । दुवै टिम यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।

आफ्ना सुरुआती दुवै खेल जितेको नेपाल र प्यालेस्टाइनको समान छ अंक छ । गोल अन्तरले नेपाल अगाडि छ । साउदी अरेबियाको जेद्दामा हुने खेल नेपाली समय अनुसार राति १०.४५ मा सुरु हुनेछ ।

त्यस अगाडि यसै समूहको अर्को खेलमा सिरिया र इराक भिड्ने छन् । शुक्रबार समूह ‘ए’ का खेलमा जोर्डनले लेवनानलाई २–० र ग्वामले साउदी अरेबियालाई २–० ले हरायो ।

यससँगै तीन पल्टको डिफेन्डिङ च्याम्पियन जोर्डन समूह विजेता बनेको छ । लेवनान भने दोस्रोमा रह्यो । दुवै टिम यसअघि नै अन्तिम चारमा पुगिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...

: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...