मुख्य समाचार
टिकटकमा पहुँच दिने सेवा प्रदायकलाई कारबाही गर्दै प्राधिकरण
टिकटकमा पहुँच दिने सेवा प्रदायकलाई कारबाही गर्दै प्राधिकरण

— सरकारले टिकटकमा प्रतिबन्ध लगाएको तीन महिना बितिसक्दा पनि कतिपय इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायक कम्पनीहरूको नेटकवर्कबाट टिकटक चलिरहको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । त्यस्ता सेवा प्रदायकलाई टिकटकको पहुँचमा रोक लगाउन पटक-पटक निर्देशन दिएको भए पनि अटेर गरेकाले कारबाहीको प्रक्रिया अघि बढाएको प्राधिकरणले जानकारी दिएको छ ।

‘केही सेवा प्रदायक कम्पनीहरूको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको/चलिरहेको पाइएकाले स्पष्टिकरण सोधिएको थियो,’ प्राधिकरणको सूचनामा भनिएको छ, ‘दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाही प्रक्रिया अघि बढिसकेको छ ।’ प्राधिकरणले अन्य सेवा प्रदायक कम्पनीहरूलाई समेत टिकटक प्रतिबन्धसम्बन्धी निर्देशन पालना गर्न पुन:स्मरण गराएको छ । त्यति मात्र नभइ टिकटक चलिरहेको पाइएमा प्राधिकरणलाई जानकारी गराउन प्राधिरकणले इन्टरनेट प्रयोगकर्तालाई अनुरोध गरेको छ ।

‘प्राधिकरणको अनुगमन महाशाखाले यस विषयमा अध्ययन र नियमित अनुगमन गरिरहेको छ,’ प्राधिकरणका सहप्रवक्ता प्रदीप पौड्यालले भने, ‘नियामकको आदेश वा निर्देशन पालना नगरे दूरसञ्चार ऐनको दफा ४७ बमोजिम कारबाही हुन्छ । त्यसअनुसार ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ ।’

सामाजिक सञ्जालका रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै सरकारले गत कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । सरकारको सो निर्णय कार्यान्वयनका लागि प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई तत्काल टिकटक बन्द गराउने निर्देशनसहित सूचना सार्वजनिक गरेको थियो ।

पछिल्लो समय टिकटकले सामग्री नियमन, प्वाइन्ट अफ कन्ट्याक्ट (सम्पर्क कार्यालय) स्थापना, डेडिकेटेड रिपोर्टिङ सिस्टममा नेपाल सरकारलाई पहुँच दिन तयार रहेको भन्दै पत्राचार गरेको र ती प्रतिबद्धता कार्यान्वयनको सुनिश्चितता भए टिकटक पुन:सञ्चालनमा ल्याउन सकिने प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ६ को संसद् बैठकमा बताएका थिए ।


‘टिकटक पुनःसञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरूले नेपालमा आएर सम्बन्धित निकायहरूसँग छलफल गरिरहेका छन्,’ प्रधानमन्त्री दाहालको भनाइ थियो, ‘टिकटकले व्यक्त गरेका प्रतिबद्धताहरूको व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा यसलाई नियमन गर्न नसकिने चाहिँ होइन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी नयाँ व्यवस्थालाई स्वीकार गरेर अघि बढ्नुपर्ने बताएका छन्। बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै संसदले नै पास गरेर कानुन बनिसकेको अवस्थामा अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया जिल्ला प्रशासन कार्यालयमार्फत हुने व्यवस्थालाई सबैले मान्नुपर्ने बताए। नयाँ व्यवस्था सदनबाट पास हुँदा आफूलाई समेत जानकारी नभएको उनले ...
— नेपालमा म्यासेजिङ एप टेलिग्राममाथि प्रतिबन्ध लगाइएको विषयमा डिजिटल अधिकार र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा वकालत गर्ने २७ संस्थाले संयुक्त रूपमा आपत्ति प्रकट गरेका छन् । उनीहरूका अनुसार यस्तो प्रतिबन्धले नेपालमा बढ्दै गएको डिजिटल अर्थतन्त्र, साना उद्यम र प्रविधिमा आधारित सेवा प्रवाहमा प्रत्यक्ष असर पार्नेछ । साथै, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको गम्भीर उल्लंघन हुने भन्दै उनीहरूले यसमा ...
— अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई युटयुब चलाउन प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अस्ट्रेलियाले अन्य सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा केही महिना पहिल्यै गरिसकेको छ । यही वर्षको डिसेम्बर महिनादेखि लागू हुनेगरी घोषणा गरिएको नयाँ नियमसँगै अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सबै सामाजिक सञ्जाल सञ्चालनमा प्रतिबन्ध लाग्ने भएको हो । डिसेम्बर महिनाको १० तारिखदेखि लागू हुने यो नियमका ...
सोसल मिडिया प्लाटफर्म फेसबुक तथा इन्स्टाग्रामको मातृ कम्पनी मेटाले शेङ्गजिया झाओले आफ्नो नयाँ सुपर इन्टेलिजेन्स ल्याबमा नयाँ मुख्य वैज्ञानिक नियुक्त गरेका छन् । महत्वपूर्ण त के भने झाओ च्याट जिपिटी तथा त्यसको नयाँ संस्करण जिपिटी ४ का निर्माता मध्येका एक हुन् । उनले अब मेटाको उन्नत आर्टिफिसियल इन्टेलिजेन्स मिसनलाई नेतृत्व प्रदान गर्नेछन् । मेटाका सीईओ मार्क जुकरबर्गले ...
— नेपालस्थित रूसी दूतावासले आफ्नो आधिकारिक टेलिग्राम च्यानल सञ्चालनमा रहेको जनाएको छ । तथापि, नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र टेलिग्राम प्लाटफर्म बन्द गर्ने निर्णय गरेको हुँदा च्यानल एक्सेस गर्न केही समस्या आउन सक्ने दूतावासले जनाएको छ । प्राधिकरणले साउन २ मा सूचना निकालेर टेलिग्राम एपमार्फत अनलाइन ठगीको संख्या बढ्दै गएकाले र मनी लन्डरिङजस्ता गम्भीर अपराधमा ...