— बायर लेभरकुजनले जर्मन बुंडेसलिगामा शुक्रबार अपराजित यात्राको नयाँ कीर्तिमान बनाएको छ । उसले मेन्जलाई २–१ ले हराउने क्रममा लिगका ३३ खेलमा अपराजित रहेको हो ।
यससँग ज्याभी एलोन्सोको लेभरकुजनले लिग तालिकाको शीर्ष स्थानमा ११ अंकको अग्रता खोलेको छ र कुनै नाटकीय खराब प्रदर्शनको शृंखला बाहेक उपाधि जित्ने निश्चित देखिएको छ ।
दस खेलाडीमा सीमित मेन्जविरुद्ध रोबर्ट एनडरिचले ६८ औं मिनेटमा निर्णायक गोल गरे । यस जितसँगै लेभरकुजनको २३ खेलबाट ६१ अंक भएको छ । बार्यन म्युनिक भने २२ खेलबाट ५० अंकमा दोस्रोमा छ ।