मुख्य समाचार
नेदरल्यान्ड्समाथि नामिबियाको पहिलो जित
नेदरल्यान्ड्समाथि नामिबियाको पहिलो जित

— नामिबियाले क्रिकेट विश्वकप लिग २ शृंखलामा शुक्रबार नेदरल्यान्ड्सलाई २४ रनले स्तब्ध पारेको छ । यससँगै नामिबियाले २०२४–२७ लिग २ साइकलको निकै कठिन मानिएको पहिलो शृंखलामा ३ खेल जितेको छ ।

वर्षाले मैदान भिजेका कारण ४५ ओभरमा छोट्याइएको खेलमा नामिबियाले ४१.३ ओभरमा २ सय ३ रन बनाएर अलआउट भयो । जारी शृंखलामा पहिलो ब्याटिङ गरेको टोलीले सबैभन्दा बढी ओभर खेल्दै सबैभन्दा बढी रन बनाएको हो । जबाफमा आएको नेदरल्यान्ड्सलाई ४३.५ ओभरमा १ सय ७९ रनमा अलआउट गर्‍यो । लिग २ का यसअघिका चारै खेलमा पहिलो ब्याटिङ गर्ने टोलीले हार बेहोर्दै आएको थियो । नामिबियाले त्यो क्रमलाई तोड्दै नेदरल्यान्ड्समाथि एकदिवसीय अन्तर्राष्ट्रियमै पहिलो विजय हात पारेको हो । नामिबियाले यसपटक नेपालविरुद्धको दुवै खेल जितेको थियो । एउटा खेलमा नेदरल्यान्ड्सले नामिबियालाई पराजित गरेको थियो ।



‘डेब्यू’ गरिरहेका मालन क्रुगरले ३९, यान फ्रिलिन्कले ३४, यान निकोल लफ्टी इटोनले ४३ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ४९ रन बनाएका थिए । जेन ग्रिनले २० बलमा २ चौका र १ छक्कासहित २२ रन बनाए भने रुबेन ट्रम्पलमन २६ बलमा ३ चौका प्रहार गरी २३ रन बनाई अविजित रहे । नेदरल्यान्ड्सका भिभियन किङ्माले ६.३ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर ३, आर्यन दत्त र रोइल्फ भान मर्बीले २–२ विकेट लिए ।

माइकल लेभिटलाई पहिलो ओभरमै गुमाएको नेदरल्यान्ड्सले खुलेर खेले पनि ठूलो साझेदारी गर्नु अघि महत्त्वपूर्ण विकेट गुमाइरहेको थियो । अर्का ओपनर म्याक्स ओ डडले ४१, बास डे लिडले २४ रन बनाए । कप्तान स्कट इडवार्डस ४ रनमै आउट भए । नोह क्रोजले ५६ बल खेल्दै ३ चौकासहित अविजित ४६ रन बनाए पनि डच टोलीलाई जिताउन सकेनन् । नेदरल्यान्ड्सले अन्तिम ३ विकेट ८ बल अन्तरमा गुमाएको थियो ।

फ्रिलिन्कले अन्तिम दुई विकेट एकै ओभरमा लिए । प्लेयर अफ द म्याच उनले ५.५ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । कप्तान जेराहर्ड इरासमसले ९ ओभरमा ३३ रन खर्चेर ३ र बर्नान्ड स्कोल्ट्जले ९ ओभरमा ३ मेडन राख्दै १५ रनमात्र खर्चेर २ विकेट लिए । यसअघि नेपाल दुई पटक आउँदा सबै ६ खेलमा पराजय बेहोरेको नामिबियाले यसपालि ४ मध्ये ३ खेल जितेको हो । शृंखलाको अन्तिम खेल आइतबार नेपाल र नेदरल्यान्ड्सबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...