मुख्य समाचार
नेपालसामु डचको कठिन चुनौती
नेपालसामु डचको कठिन चुनौती

— नेपालसामु क्रिकेट विश्वकप लिग २ को निराशाजनक पहिलो शृंखलालाई जितका साथ टुंग्याउने राम्रो अवसर छ । त्यसका लागि नेपालले कठिन मानिएको नेदरल्यान्ड्सको चुनौती पन्छाउनुपर्ने हुन्छ ।

नेपाल र नेदरल्यान्ड्स दुवै यस पटक केही फिक्का देखिएका छन् । यी दुई टोलीले समान ३ खेल खेल्दै एकमा मात्र विजय हात पार्न सकेका छन् । जबकि यी दुई टोलीको तुलनामा केही कमजोर मानिएको नामिबियाले ४ मध्ये तीन खेल जितेर लिग २ मा सानदार सुरुआत गरेको छ । नामिबियाले शुक्रबार नेदरल्यान्ड्सलाई २४ रनले हराएको थियो ।



नेपाली भूमिमा आएको नतिजाबाट नेदरल्यान्ड्सका प्रशिक्षक रायन कुक आश्चर्यचकित छैनन् । ‘यो निकै प्रतिस्पर्धात्मक लिग हो, पुनेमा विश्वकपमा इंग्ल्यान्डविरुद्ध ३ सय ४० रनको विजय लक्ष्य पछ्याउन खेलेको खेलेभन्दा यो धेरै फरक लिग हो, यहाँ त्यस्तो हुँदैन,’ नामिबियासँग शुक्रबार हारेपछि कुकले भनेका थिए, ‘हामी यस्तो कन्डिसनमा भिज्न सक्नुपर्छ । केही खेलाडीले पहिलो पटक खेल्ने मौका पाएका छन्, उनीहरूका लागि यो राम्रो अनुभव हुनेछ ।’

नेपालविरुद्ध २ अंकका लागि खेल्ने तर नेपाललाई उसैको भूमिमा पराजित गर्न यो भन्दा राम्रो क्रिकेट खेल्नुपर्ने कुकको तर्क थियो । नेपालविरुद्ध लिग २ को पहिलो खेलमा नेदरल्यान्ड्स ३९ ओभरमा १ सय ३७ रनमा अलआउट भएको थियो । नेपालले १५.२ ओभरमै १ विकेट गुमाई १ सय ४१ रन बनाएको थियो ।

नेपालसामु नामिबियाविरुद्धको खेल बिर्सेर नेदरल्यान्ड्ससँगकै खेलशैली निरन्तरता दिनुपर्ने चुनौती हुनेछ । ब्याटिङमा बढी नै केन्द्रित हुँदा पनि नेपालले ब्याटिङमै संघर्ष गर्नुपरेको छ । १० जनासम्म राम्रो ब्याटिङ गर्ने क्षमताका खेलाडी खेलाएको नेपाल यसअघि नामिबियासँगको दुई खेलमा क्रमशः १ सय ३२ र १ सय ६८ रनमा अलआउट भएको थियो ।


ब्याटिङलाइन तल्लोक्रमसम्म तन्काउँदा कप्तान रोहित पौडेल र कुशल भुर्तेल आफैं बलिङ गर्नुपरिरहेको छ, यसले उनीहरूको ब्याटिङ प्रभावित पारेको छ । तर, नेपाली टोली अन्तिम खेल अगाडि ठूलो परिवर्तन गर्न चाहँदैन । मध्यक्रमका ब्याटर आरिफ शेख र देव्रेहाते स्पिनर सूर्य तामाङलाई यस शृंखलामा खेलाइएको छैन । अनिल शाह र देव खनालले माथिल्लोक्रममा ब्याटिङ गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...