— इंग्ल्यान्ड भारतविरुद्धको चौथो टेस्टको दोस्रो दिन शनिबार बलियो स्थितिमा रहेको छ । दिनको खेल समाप्त हुँदा भारतले आफ्नो पहिलो इनिङ्समा ७ विकेट गुमाएर २ सय १९ रन बनाएको छ ।
घरेलु टिमका लागि ध्रुव जुरेल ३० र कुलदीप यादवले १७ रन बनाएर खेलिरहेका छन् । उनीहरूले ४२ रनको साझेदारी गर्दै भारतलाई उकास्ने प्रयास गरे । इंग्लिस बलरमध्ये शोएब बसिरले चार तथा टम हार्टलीले २ विकेट लिएका छन् ।
त्यस अगाडि इंग्ल्यान्ड पहिलो इनिङ्समा बिहानको खेलमा ३ सय ५३ रन बनाएर अलआउट भएको थियो । त्यसमा जोए रुट १ सय २२ रन बनाएर नटआउट रहे । पाँच टेस्टको सिरिजमा भारत २–१ ले अगाडि छ ।