— उपाधि होडमा रहेका म्यानचेस्टर सिटी र आर्सनले दुवैले शनिबार इंग्लिस प्रिमियर लिगमा जित हात पारेका छन् । डिफेन्डिङ च्याम्पियन सिटीले बर्नमाउथमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो ।
त्यसमा फिल फोडेनले पहिलो हाफमा गरेको गोल निर्णायक रह्यो । आर्सनलले भने न्युकासल युनाइटेडको चुनौती सजिलै ४–१ ले पन्छाउन सफल रह्यो । यो नतिजापछि आर्सनले २६ खेलबाट ५८ अंकमा तेस्रो स्थानमा रह्यो ।
सिटीको भने समान खेलबाट ५९ अंक भएको छ । लिरभपुल भने ६० अंकमा शीर्ष स्थानमा छ । म्यानचेस्टर युनाइटेड भने फुलहमको हातबाट घरमै २–१ ले पराजित रह्यो ।
शनिबारका अन्य खेलमा एस्टन भिल्लाले नटिङघम फरेस्टलाई ४–२, क्रिस्टल प्यालेसले बर्नलीलाई ३–० ले हरायो । ब्राइटन र एभरटनबीचको खेल भने १–१ को बराबरीमा टुंगियो ।