— नेपालले वाफ वुमेन्स च्याम्पियनसिपको सेमिफाइनलमा लेबनानको सामना गर्ने भएको छ । प्रतियोगिताको अर्को सेमिफाइनलमा तीन पल्टको डिफेन्डिङ च्याम्पियन जोर्डन प्यालेस्टाइनसँग भिड्ने छ ।
प्रतियोगिताको समूह ‘बी’ को अन्तिम लिग खेलमा नेपालले शनिबार प्यालेस्टानलाई ४–० ले हरायो र समूहको शीर्ष स्थानमा रह्यो । नेपालको तीन खेलबाट नौ अंक भएको छ । प्यालेस्टाइन भने उप–विजेता रह्यो ।
नेपालका लागि साउदी अरेबियाको जेद्दामा भउको खेल सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता राना एक एक गोल गरे । सावित्राले ४० औं मिनेटमा पहिलो गोल गरेपछि ५९ औं मिनेटमा रेखाले दोस्रो गोल थपिन् ।
सावित्राले ७८ औं मिनेटमा तेस्रो गोल गरिन् । चौथो गोल भने गीताले पेनाल्टीबाट दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा गरेकी हुन् । दुवै सेमिफाइनल मंगलबार हुनेछन् ।