मुख्य समाचार
रौतहटका दूध किसानले ९ करोड भुक्तानी पाएनन्, किसान आन्दोलनमा
रौतहटका दूध किसानले ९ करोड भुक्तानी पाएनन्, किसान आन्दोलनमा

: रौतहटका दूध उत्पादक किसानले नौ करोड रुपैयाँ भुक्तानी नपाएपछि सडक आन्दोलन सुरु गरेका छन्। जिल्लाका विभिन्न निजी डेरीहरूले ३ करोड र अरू डीडीसीबाट भुक्तानी हुन बाँकी छ।


भुक्तानी नपाएपछि सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको दुग्ध उत्पादक सहकारी संघ रौतहटका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताएका छन्।

किसानले उत्पादन गरेको दुध विभिन्न सहकारी संस्थामार्फत संकलन गरी हेटौंडा दुग्ध वितरण आयोजना र निजी दुग्ध व्यवसायीहरूलाई बिक्री वितरण गर्दै आइरहेकोमा विगत ६ महिनादेखिको दूधको भुक्तानी रोक्ने, सरकारले तोकेको भन्दा कम मूल्य तोक्ने, नियमित रूपमा दूध खरिद नगर्ने किसानको गुनासो छ।



जिल्ला दुग्ध उत्पादक सहकारी संघले विभिन्न सरोकारवाला निकायसँग छलफल गरी केन्द्रीय दूध सहकारी संघ नेपालले दुग्ध उत्पादक किसानहरूले दूध बिक्री गरेवापत पाउनुपर्ने रकम भुक्तानी लगायतका विषयमा सरकारसँग गत मंसिर २६ गते सम्झौता गरेको थियो। रौतहट जिल्लामा मात्र दैनिक ३० हजार लिटर दूध उत्पादन हुने गरेको छ।

दुग्ध उत्पादक सहकारी संघ रौतहटले सरकारको ध्यानाकर्षण गराउँदै सम्झौता कार्यान्वयन गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सामाखुसी यातायात प्रालिले सात करोड रुपैयाँ लगानीमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिले नीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै थप बस सञ्चालनमा ल्याएको बताए । ‘काठमाडौं उपत्यकामा यात्रुको अत्यधिक चाप छ, बस थपेसँगै यात्रुलाई सहज हुने विश्वास लिएका छौं’, उनले भने । काठमाडौंको उत्तरी क्षेत्रमा बढ्दो जनसङ्ख्या तथा स्थानीय तहको चाहनाअनुसार बस ...
: चालु आर्थिक वर्षमा वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालयको राजश्व संकलनमा सुधार हुँदै आएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनयताका दुई महिना (भदौ र असोज) मा लगातार राजश्व संकलनमा सुधार आएको हो । गत असोजमा ड्राइपोर्ट भन्सारले लक्ष्यको ९०.३१ प्रतिशत राजश्व संकलन गरेको छ । जबकि गत भदौमा लक्ष्यको ८८.५० ...
: अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेका कार्यहरूमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन,आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन,कन्ट्री क्रेडिट रेटिङको तयारी पूरादेखि सङ्‍घीय संसदमा विधेयक पेशसम्म छन्। अर्थ मन्त्रालका प्रवक्ता महेश भट्टराईले अर्थतन्त्रमा चुनौतीहरू रहेपनि पहिलेको तुलनामा ...
: नेपाल वायुसेवा निगमले न्यारोबडी र वाइबडी जहाजको असोज महिनाको किस्ता बुझाएको छ। अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो। लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ असोज महिनाको किस्ता बापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी ५३ करोड ...
। नेपाल वायुसेवा निगम (नेवानि) ले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेका चार थान जहाजको किन्दा लिएको ऋणको किस्ता तिरेको छ । नेवानिले दुई न्यारो बडी र दुई वाइड बडी जहाजका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वको किस्ता बुझाएको हो । दुई न्यारो बडी जहाजको २०८१ असोजको किस्ता बापत पूरा र दुई वाइड बडीको ...