: नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका मनिष डाँगीको घरमा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरेर दोलखाको शैलुङ गाउँपालिकाका अनुप तामाङ र रविन तामाङ, ललितपुरको गोदावारी नगरपालिकाका राजन श्रेष्ठलाई चोरीमा संलग्न भएको आरोपमा पक्राउ गरिएको जानकारी दिएको हो।
उनीहरुले नगद, गरगहना समेत गरी ४५ लाख बराबर चोरी गरेको भन्दै मनिषका आमा रिता गुरुङ डाँगीले प्रहरीमा जाहेरी दिएकी थिइन्।
फुटबलरको घर नजिकै अनुपको फुपूको घर रहेको र त्यहाँ जाँदा आउँदा उनले डाँगीको घरमा रेकी गरेको प्रहरीले जनाएको छ। प्रहरीले डाँगीको परिवारले घर बाहिर जाँदा गमलामा साँचो राखेको अनुपले देखेपछि उनीहरु मिलेर चोरी गरेको प्रहरीले जनाएको छ।