मुख्य समाचार
नारायणी अस्पतालमा जन्मिएको नवजात शिशु छोडेर आमा बेपत्ता
नारायणी अस्पतालमा जन्मिएको नवजात शिशु छोडेर आमा बेपत्ता

: काठमाडौंमा सन्तानबिहीन एक महिलाले अस्पतालबाटै नवजात शिशु चोरेर हिंडेको घटना सेलाउन नपाउँदै वीरगन्जमा भने जन्मिएको शिशु नै अस्पतालमा छाडेर आमा बेपत्ता भएको घटना सार्वजनिक भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालमा छोरी जन्मिएको भन्दै परिवारका सदस्यहरुले झगडा गरेपछि आफूले जन्माएको नवजात शिशु अस्पतालको बेडमै छाडेर एक जना महिला बेपत्ता भएकी हुन्।


नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार, अस्पतालको प्रसूती विभागमा शनिबार जन्मिएको नवजात शिशु अस्पतालको बेडमै छाडेर शिशुलाई जन्मदिने महिला र उनका आफन्त सम्पर्कविहीन भएका हुन्।

आइतबार साँझसम्म पनि ती महिला वा उनका आफन्त कोहिपनि सम्पर्कमा नआएको सिंहले अन्नपूर्णलाई जानकारी दिए। शिशुलाई अस्पतालको एनआइसियु वार्डमा राखिएको उनले बताए।



डाक्टर सिंहका अनुसार, शनिबार प्रसूति गराउनका लागि वीरगन्ज महानगरपालिका वडा नम्बर ६ रानीघाट ठेगाना टिपाएकी ३० वर्षिया महिला सीता देवी साह कानुलाई लिएर उनकी सासु अस्पतालमा आएकी थिइन्। ती महिलाको पतिको नाम धिरज साह कानु रहेको अस्पतालको रेकर्डमा उल्लेख छ। डाक्टर सिंहका अनुसार, प्रसूती गराउन अस्पतालमा आउँदा उनका पति भने आएका थिएनन्।

शनिबार अस्पतालको प्रसूती वार्डमा भर्ना गरिएकी ती महिलाले शनिबार नै छोरीलाई जन्म दिएकी थिइन्। यसअघि ती महिलाका तीन जना छोरी मात्रै थिए। अहिले चौथो सन्तानपनि छोरी नै जन्माएको भन्दै ती महिलाका सासु लगायतका परिवारका सदस्यले महिलासँग कच्कच गरेपछि झगडापनि भएको थियो। झगडा भएपछि शनिबार बेलुकीको समयमा ती महिला र उनीसँग आएका आफन्तहरु शिशुलाई अस्पतालकै बेडमा छाडेर सम्पर्कविहिन भएको जानकारी अस्पताल प्रशासनले प्रहरीलाई गराएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए।

थापाका अनुसार, प्रसूती गराउन अस्पतालमा जाँदा महिलाले अस्पतालको रजिष्टरमा टिपाएको नाम र ठेगाना नै गलत जस्तो देखिएको छ। किनी रानीघाट भन्ने टोल वीरगन्ज महानगरपालिकाको वडा नम्बर ६ मा पर्दैन। अहिलेसम्म रानीघाट टोलमा ती नाम भएको महिला वा उनको पतिको नाम भएको व्यक्ति नै फेला नपरेको थपाले बताए।

थापाले भने,‘उनीहरुले योजनाबद्ध रुपमा नै शिशुलाई अस्पतालको बेडमा छाडेर हिँडेको जस्तो देखिन्छ।’यद्यपि, अस्पतालको सीसी टीभी फुटेज लगायतका आधारमा उनीहरुको खोजी कार्य प्रहरीले गरिरहेको तर आइतबार साँझ सम्म फेला पार्न भने नसकेको थापाले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
माननीय मन्त्रीज्यु, मलाई हराउने नाममा देशलाई नहराउनुहोला : मेयर बालेन
। तीन वटा सरकारी अस्पतालबाट मस्तिष्क पक्षाघात (ब्रेनस्ट्रोक) भएका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने भएको छ । अमेरिकी दातृ संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग र नेपालको ‘वन हर्ट वर्ल्डवाइड’ को सहजीकरणमा उक्त औषधि उपलब्ध भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी प्रारम्भिक चरणमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालमा यी औषधि उपलब्ध ...
व्यवस्थाविरोधी प्रदर्शनप्रति मौन रहने रास्वपाको रणनीति
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट नहटाइए संसद बहिष्कार गर्ने प्रभु साहको चेतावनी
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले शनिबारदेखि सुरु हुन लागेको १८औं संस्करणको इन्डियन प्रीमियर लिग (आईपीएल)का लागि केही नयाँ नियम लागू