मुख्य समाचार
टी-२० त्रिकोणात्मक सिरिज : आज नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दै
टी-२० त्रिकोणात्मक सिरिज : आज नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दै

: नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज बिहान ११:३० बजेबाट खेल सुरु हुनेछ ।


क्यानले मंगलबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको छ। क्यानले सार्वजनिक गरेको खेलाडिको सूचीमा पौडेल कप्तानमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, गुल्सन झा, अनिल शाह, सन्दीप जोरा, प्रतिश जीसी, विनोद भण्डारी, विवेक यादव, रसिद खान, सागर ढकाल, आरिफ शेख र अभिनाश बोहरा रहेका छन्।

क्यानले विश्वकप छनोट खेलेको टोलीबाट ४ खेलाडी थप्दै टोली घोषणा गरिएको हो। आइसीसी क्रिकेट विश्वकप लिग-२ को एकदिवसीय पहिलो सिरिज सकिएलगत्तै नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टि २० सिरिजमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यस शृङ्खलादेखि नेपालले आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपको औपचारिक तयारी सुरुवात गर्नेछ । नेपाल रहेको समूह डी को विश्वकपमा नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...