मुख्य समाचार
मासिक १ लाख तलब पाउने नेपाली क्रिकेटर को को ?
मासिक १ लाख तलब पाउने नेपाली क्रिकेटर को को ?

— नेपाली पुरुष राष्ट्रिय क्रिकेट खेलाडी मासिक तलब १ लाख रुपैयाँ पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को फागुन १२ र १४ गते बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । तर शीर्ष महिला राष्ट्रिय खेलाडीले त्यसको आधा ५० हजारमात्र मासिक तलब पाउनेछन् ।

यसअघि शीर्ष श्रेणी अन्तर्गत ‘ए’ श्रेणीमा रहेका खेलाडीले ६० हजार मासिक तलब पाइरहेका थिए । क्यानले सन् २०२४ का लागि गरेको केन्द्रीय सम्झौतामा पुरुष खेलाडीको शीर्ष श्रेणीको तलब ४० हजारले बढाएको हो । पाँच श्रेणी बनाई पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडीलाई केन्द्रीय सम्झौतामा राखिएको छ । यसअघि पुरुष खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरिएको थियो । उनीहरूले क्रमशः ६०, ५० र ४० हजार तलब पाएका थिए ।



‘ए’ श्रेणीमा रहेका कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेलले मासिक १ लाख पाउनेछन् । ‘बी’ श्रेणीमा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा छन् । उनीहरूले मासिक ७० हजार पाउनेछन् ।

श्रेणी ‘सी’ मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जिसी तथा श्रेणी ‘डी’ मा पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेक यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन । ‘सी’ ले ५५ हजार र ‘डी’ मा रहनेले मासिक ३५ हजार पाउनेछन् । क्यानले पहिलो पटक इमर्जिङ श्रेणी बनाएको छ, त्यसमा सातै प्रदेशका १–१ खेलाडी राखिएको छ । जसअनुसार कोशीबाट दीपेश कँडेल, मधेशबाट रुपेश सिंह, वाग्मतीबाट रिजन ढकाल, गण्डकीबाट विपिन खत्री, लुम्बिनीबाट देव खनाल, कर्णालीबाट अर्जुन खत्री र सुदूरपश्चिमबाट हेमन्त धामी छन् । उनीहरूको मासिक तलब २५ हजार रहेको छ ।

महिलातर्फ शीर्ष श्रेणी ‘ए’ मा रहेका खेलाडीले पुरुषको ‘सी’ श्रेणीमा रहेकाले पाउने बराबरको तलब पाउनेछन् । महिलातर्फ यसअघि ३ श्रेणीमा खेलाडीको वर्गीकरण गरिएको थियो । उनीहरूले क्रमशः २१, १८ र १५ हजार मासिक तलब पाएका थिए ।


यसपालि ५० हजार तलब पाउने ‘ए’ श्रेणीका महिला खेलाडीमा कप्तान इन्दु बर्मा, पूर्वकप्तान रुबिना क्षेत्री र सीता रानामगर छन् । ‘बी’ श्रेणीमा रहेकी कविता कुँवरले ३५ हजार तथा ‘सी’ श्रेणीमा रहेकी पूजा महतो, अस्मिना कर्माचार्यले ३० हजार मासिक तलब पाउनेछन् । अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र विन्दु रावल ‘डी’ श्रेणीमा छन् । उनीहरूले २५ हजार तलब पाउनेछन् । इमर्जिङ श्रेणीमा सोनी पाख्रिन, खुशी डंगोल, ज्योत्सनिका मरासिनी, कञ्चन श्रेष्ठ, रुबि पोदार, सृष्टि जैसी, सम्झनाकुमारी खड्का र सना प्रविनले मासिक २० हजार पाउनेछन् ।

क्यानको बैठकले ज्ञानेन्द्र मल्ल र कलाम अलीलाई नेपाल ‘ए’ तथा महेश रिजाललाई यू–१९ महिला राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ । सन् २०२७ मा क्यानले बंगलादेशसँग मिलेर आयोजना गर्न लागेको यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताको तयारीस्वरुप मिसन २०२७ अन्तर्गत यू–१६ महिला अन्तरस्कुल क्रिकेट ट्यालेन्ट हन्ट एवं प्रशिक्षण कार्यक्रम ७ वटै प्रदेशमा सञ्चालन गर्नेछ ।

क्यान बैठकले दिवाकर घलेलाई प्रतियोगिता समितिको संयोजक, विक्रम विष्टलाई प्राविधिक समिति संयोजक, धिरेन्द्र साउदलाई विकास समिति संयोजक र प्रदिप मजगैयालाई महिला क्रिकेट विकास समिति संयोजकमा चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...