मुख्य समाचार
लिभरपुल कीर्तिमान : दसौं पल्ट च्याम्पियन
लिभरपुल कीर्तिमान : दसौं पल्ट च्याम्पियन

— भर्जिल भान डाइकले अतिरिक्त समयको अन्त्यतिर हेडबाट गरेको गोलको मद्दतले लिभरपुलले आइतबार वेम्बलीमा चेल्सीलाई १–० ले पराजित गर्दै नाटकीय रूपमा काराबाओ कपको उपाधि जितेको छ । चोटग्रस्त खेलाडीको समस्याबाट गुज्रिरहेको लिभरपुलले मैदानमा नयाँ र युवा खेलाडीले बाहुल्यता रहेको टिम उतारेको थियो ।

तर फाइनलको एक मात्र गोल भने अनुभवी कप्तान भान डाइकको नाममा रह्यो र यससँगै लिभरपुलले कीर्तिमान दसौं पल्ट लिग कप जितेको छ । यसअघि पनि डच खेलाडी गोल गरे पनि त्यसलाई ‘भार’ ले अमान्य घोषणा गरेको थियो । तर खेल सकिन दुई मिनेट अगाडिको गोल भने अन्ततः निर्णायक सावित भयो ।



व्यवस्थापक योर्गन क्लोपले सिजनको अन्त्यमा क्लब छाड्ने निर्णय यता लिभरपुलले जितेको यो पहिलो उपाधि हो । क्लोपले एनफिल्डमा बिताएका नौ वर्षमा जितेको यो सातौं ठूलो उपाधि हो । लिभरपुलले यस सिजन अझै तीन उपाधि जित्ने सम्भावना कायम छ । उसको चुनौती इंग्लिस प्रिमियर लिग, एफए कप र युरोपा लिगमा कायम छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...