मुख्य समाचार
अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा
अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा

— नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप-सहायक विदेशमन्त्री अफरीन अख्तर सोमबार नेपाल भ्रमणमा आएकी छन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार भ्रमणको क्रममा कूटनीतिज्ञ अख्तरले नेपाली सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र अमेरिकन चेम्बर्स अफ कमर्स नेपालको सदस्यहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।


साथै, उक्त अवशरमा अमेरिका र नेपालबीचको द्विपक्षीय सम्बन्धले कसरी नेपालमा शिक्षा र स्वास्थ्य, मानवअधिकार, लोकतन्त्रको विकास र नेपालको पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउन सक्छ भन्ने विषयमा छलफल गर्ने रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीको चुरे गाउँपालिका–६ ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन् । डम्मरबहादुरले आफ्नी श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गर्दा हीरादेवीको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डम्बरबहादुरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले पक्राउ गरेको छ । रासस
: पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन्। शनिबार अपरान्ह ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको सर्वसाधारणलाई टीका लगाइदिएका हुन्। पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम रहेको थियो।nullपूर्वराजा शाहले हरेक वर्ष वडा दसैँको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन्। दुर्गापक्षको मुख्य दिन मान्यजनको हातबाट ...
। प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ मानव सेवा आश्रमद्वारा सञ्चालित मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री निवासबाट प्रारम्भ भएको यात्राको सफलताको कामना गर्दै प्रधानमन्त्रीले मानवता सर्वोच्च धर्म भएकाले यस प्रकारको यात्रामा कुनै समस्या परेमा आफू जस्तोसुकै सहयोग गर्न प्रतिबद्ध रहेको बताए । उनले पहिले मानवता, त्यसपछि देश ...
: झोलुंगे पुलबाट हाम फाल्दा एक युवकको मृत्यु भएको छ। नेपालीहरूको महान चाड बडादसैंका दिन अपरान्ह करिब ४ बजेतिर एक युवकले रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मठ र सल्ले जोड्ने पुलबाट हाम फालेको प्रहरीले जनाएको छ। पुलबाट हाम फाल्ने युवा मुसिकोट-१ सल्लेका ३७ वर्षीय बुदिराम बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकले ...
: ९ महिनामा १ लाख ५ हजार ६९८ जना विदेश पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। मुस्ताङ भ्रमण गर्ने पर्यटकमध्ये ९० हजार ८१ जना सार्क राष्ट्रका छन् भने १५ हजार ६१७ जना अन्य मुलुकका विदेशी पर्यटकहरू रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ,ईलाका संरक्षण कार्यालय जोमसोम अन्तर्गत रहेको एक्याप चेकपोष्ट जोमसोमले जनाएको छ। सन् २०२४ को जनवरीदेखि अक्टोबर ...