संसद् भवनमा लघुवित्त ऋणी छिरेको विषयमा सभामुखले प्रहरी महानिरीक्षकसँग राखे सुरक्षा चासो
संसद् भवनमा लघुवित्त ऋणी छिरेको विषयमा सभामुखले प्रहरी महानिरीक्षकसँग राखे सुरक्षा चासो

— सभामुख देवराज घिमिरेले संघीय संसद् भवनमा लघुवित्त ऋणीहरूको समूह हुलहुज्जतसहित प्रवेश गरेको र नाराबाजी गरेको विषयलाई लिएर नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरसँग जानकारी लिएका छन् । लघुवित्त ऋणीहरू संघीय संसद्का दुवै सदनको बैठक सकिनेबित्तिकै संसद् भवनमा प्रवेश गरेर विरोध प्रदर्शन गरेका थिए ।

सभामुख घिमिरेको सचिवालयले दिएको जानकारीअनुसार उक्त घटनालाई गम्भीर रूपमा लिइएको छ । 'संसद् परिसरमा लघुवित्त ऋणीहरू प्रवेश गरेको विषयमा सभामुखले गम्भीर चासो लिनुभएको छ । सभामुखले आजै प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरबाट घटनाबारे जानकारी लिनुभएको छ,' सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले भने, 'उहाँले सुरक्षा व्यवस्थापनबारे आफू गम्भीर र चिन्तित भएको बताउनुभयो ।'



महानिरीक्षक कुँवरले उक्त घटनाको छानबिन गर्नका लागि तीन सदस्यीय समिति गठन गरिएको सभामुखलाई जानकारी दिएका थिए । समितिमा एसएसपी दिनेशराज मैनाली संयोजक रहेको र एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे रहेको जानकारी सभामुखलाई महानिरीक्षक कुँवरले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: विगत ६ महिनादेखि झापा र मोरङका दुई दर्जन बढी सहकारी संस्थामा श्रृङ्खलाबद्ध चोरीका घटना घट्यो। एकपछि अर्को गर्दै फिल्मी शैलीमा सहकारी संस्थाहरूबाट लाखौँ रुपैयाँ चोरी भइसकेको घटनाका कारण नेपाल प्रहरीको शान्ति सुरक्षामाथि नै प्रश्न उठ्यो। शान्ति सुरक्षाको माग गर्दै झापा जिल्ला सहकारी संघले जिल्ला प्रशासन कार्यालय झापाको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र समेत बुझायो। सहकारीहरूबाट लाखौँ ...
: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आइतबार सशस्त्र प्रहरी बल नेपालले विपद् उद्धारको नमुना अभ्यास प्रदर्शन गरेको छ। सशस्त्र प्रहरीको नारच्याङस्थित विपद् व्यवस्थापन वेश क्याम्पको आयोजनामा उद्धारको नमुना प्रदर्शन गरिएको हो। विपदमा खटिने जनशक्तिको क्षमता अभिवृद्धि र समुदाय स्तरमा विपद् पूर्वतयारीका विषयमा सचेतना फैलाउने उद्देश्यले नमुना अभ्यास प्रदर्शन गरिएको सशस्त्र प्रहरी बलको गलेश्वरस्थित आश्रित गुल्मका प्रहरी ...
: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल बनाउनुपर्ने बताएका छन्। नयाँ बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुन नसक्ने बताएका हुन्। ‘निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुछ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुँदैन, ...
: म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८१ का लागि प्रवेश परीक्षा मार्फत नयाँ विद्यार्थी भर्ना गरेको छ। विद्यालयको क्षमताभन्दा बढी संख्यामा विद्यार्थीहरू भर्ना हुन आएपछि प्रवेश परीक्षा लिएर छनौट गरिएको हो। कक्षा २ देखि ९ सम्म विद्यार्थी भर्नाका लागि विद्यालयले वैशाख २ गतेदेखि आवेदन संकलन गरेको थियो। १२० जना विद्यार्थी भर्ना गर्ने क्षमता ...
: ‍गोरखाको वीरेन्द्रतालमा ९ वर्षपछि ठूलो हिउँपहिरो झरेको छ। आइतबार बिहान पौने ९ बजे सो तालमा हिउँपहिरो खस्दा बूढीगण्डकीमा पानीको बहाव बढेको थियो। एक्कासि आएको बाढीले सामागाउँ र साम्दो जोड्ने खोलामाथिको काठेपुल बगाएको प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए। घटना हुँदा ताल वरिपरि पर्यटकहरू भए पनि अप्रिय घटना भने नभएको उनले बताए। घटनालगत्तै स्थानीयवासी ...