मुख्य समाचार
क्यानले ग्रेड 'ए' का पुरुष खेलाडीलाई मासिक १ लाख तलब दिने, महिलालाई भने ५० हजार
क्यानले ग्रेड 'ए' का पुरुष खेलाडीलाई मासिक १ लाख तलब दिने, महिलालाई भने ५० हजार

— नेपाल क्रिकेट संघ(क्यान) ले महिला तथा पुरुष खेलाडीको वर्गीकरण र मासिक तलब वृद्धि गरेको छ । क्यानको फागुन शनिबार र सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले खेलाडीहरूको वर्गीकरण र तलबवृद्धिको निर्णय गरेको हो ।

क्यानले पुरुषतर्फ ३० जना र महिला टिमतर्फ १९ जना खेलाडीको वर्गीकरण गरेको छ । पुरुषतर्फ ग्रेड 'ए' मा कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल रहेका छन् । ग्रेड 'ए' मा परेका खेलाडीलाई मासिक १ लाख तलब उपलब्ध गराउने निर्णय भएको पनि क्यानले जनाएको छ ।



यसअघि ग्रेड 'ए' खेलाडीलाई क्यानले मासिक रूपमा ६० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । त्यस्तै मासिक ७० हजार पाउने ग्रेड 'बी' मा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ सेख र कुशल भुर्तेल रहेका छन् । त्यसैगरी ग्रेड सीमा परेका खेलाडी मासिक ५५ हजार रुपैयाँ पाउँछन् । ग्रेड सीमा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जीसी रहेका छन् ।

त्यस्तै मासिक ३५ हजार पाउने ग्रेड 'डी' मा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ रहेका छन् । त्यस्तै इमर्जिङ क्याटेगोरीमा दिपेश कँडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती र हेमन्त धामी रहेका छ । यस वर्गमा पर्ने खेलाडीले मासिक २५ हजार रुपैयाँ पाउने क्यानले जनाएको छ ।

पुरुष खेलाडी र महिला खेलाडीले पाउने पारिश्रमिकमा भने धेरै नै अन्तर रहेको छ । ग्रेड 'ए' का पुरुष खेलाडीले मासिक १ लाख पारिश्रमिक पाउँदा उही वर्गमा परेका महिला खेलाडीले भने ५० हजार पाउने क्यानले जनाएको छ । महिलातर्फ ग्रेड 'ए' मा कप्तान इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगर रहेका छन् । त्यस्तै ग्रेड 'बी'मा कविता कुँवर परेकी छिन् ।


ग्रेड 'बी' मा पर्ने महिला खेलाडीले मासिक ३५ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै ग्रेड 'सी' मा पूजा महतो र अश्मिना कर्माचार्य छन् भने ग्रेड 'डी' मा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र बिन्दु रावल रहेका छन् । ग्रेड 'सी' र 'डी' का खेलाडीले क्रमश: ३० र २५ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै महिलातर्फ इमर्जिङ वर्गमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, सृष्टि जैसी, सम्झना कुमारी खड्का र सना प्रविन रहेका छन् । उनीहरूले मासिक २० हजार रुपैयाँ पाउनेछन् ।

त्यस्तै बैठकले नेपाल 'ए' टिमको मुख्य प्रशिक्षकमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र प्रशिक्षकमा पूर्वखेलाडी कलाम अलीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै यू-१९ महिला टिमको प्रशिक्षकमा महेशप्रसाद रिजाललाई दिनेसमेत बैठकको निर्णय छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...