मुख्य समाचार
लेबनानलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि जोर्डनसँग भीड्ने
लेबनानलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि जोर्डनसँग भीड्ने

: नेपाल वाफ महिला च्याम्पियनसिप २०२४को फाइनलमा पुगेको छ। गएराती भएको सेमिफाइनल खेलमा लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।


साउदीको जेद्दा शहरको किङ अव्दुला सिटी स्पोर्टस स्टेडियममा जारी प्रतियोगिताको ३८ औं मिनेटमा नेपालकी डिफेन्डर पूजा राणाबाट आत्मघाती १ गोल भएको थियो।

पहिलो हाफमा १-० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालकी सावित्रा भण्डारी (साम्बा)ले ७५ औं मिनेटमा गोल गर्दै बराबरी बनाएकी थिइन्। खेलको ९४ औं मिनेटमा डिफेन्डर प्रिती राईले दोस्रो गोल गरेर अग्रता दिलाइन्।

नेपाल यो जितसँगै वाफ च्याम्पियनशिपको फाइनलमा पुगेको छ। यसअघि पनि नेपालले समूह चरणको सुरुवाती खेलमा सिरयालाई ४-१ , ईराकलाई ५-० र प्यालेस्टाइन लाई ४-० गोलले पराजित गरेको थियो। नेपालको समूहमा इराक, सिरिया र प्यालेस्टाइन रहेका थिए।

nullनेपालले अब फाइनलमा जोर्डनसँग खेल्नेछ। फाइनल खेल २९ फरवरी बिहीबार हुनेछ। मंगलबार भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोलले हराउँदै जोर्डन फाइनलमा प्रवेश गरेको थियो। जोर्डन साविक विजेतासँगै प्रतियोगिताको ५ पटकको विजेता हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले मंगलबार क्लबसँग थप एक वर्षको अनुबन्ध गरेका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा स्पेनी प्रशिक्षकको बसाइ १० वर्ष पुग्ने भएको छ । ग्वार्डिओला सन् २०१६ मा सिटी आएका थिए र त्यसयता उनले क्लबका लागि १६ उपाधि जितिसकेका छन् । त्यसमा छ प्रिमियर लिग उपाधि पनि पर्छन् । यस सिजनको अन्त्यसँगै ...
— लिभरपुल मिडफिल्डर डोमिनिक सबोस्लाईले पेनाल्टीबाट गरेको गोलमा हंगेरीले यूईएफ नेसन्स लिगमा मंगलबार जर्मनीलाई १–१ को नाटकीय बराबरीमा रोकेको छ । सबोस्लाईले दोस्रो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा बराबरी गोल गरेका हुन् । जर्मनीले फेलिक्स एनमेचाको गोलले ७६ औं मिनेटमा अग्रता लिएको थियो र जिततर्फ अग्रसर देखिएको थियो । बराबरीका बाबजुद जर्मनीले लिग–वान ग्रुप–थ्री जित्ने निश्चित भइसकेको ...
। यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत भएको खेलमा स्पेनले रोमाञ्चक जित निकालेको छ । लिग ए समूह ४ अन्तर्गत गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ३-२ गोलअन्तरले हराएको हो । स्पेनको जितमा येरेमी पिनो, ब्रायन गिल र ब्रायन जारागोजाले एक-एक गोल गरे । स्वीट्जरल्याण्डका जोएल मोन्टेरो र एण्डी जेकिरीले एक-एक गोल गरे । रोमाञ्चक खेलमा स्पेनले दुईपटकसम्म अग्रता लिँदा ...
। पाकिस्तानसँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अस्ट्रेलियाले क्लिन-स्वीप गरेको छ । सोमबार भएको तेस्रो खेलमा ७ विकेटको जित निकाल्दै अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो । पाकिस्तानले दिएको ११८ रनको लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा ५ चौका र ५ छक्कासहित ६१ रनको अविजित पारी ...
। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजकमा एनसेल पनि जोडिएको छ । एनपीएलको पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावर्ड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको जनाइएको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो महत्त्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो । यसअघि ...