मुख्य समाचार
वाफ वुमेन्स च्याम्पियनसिप : कठिन परीक्षापछि नेपाल फाइनलमा
वाफ वुमेन्स च्याम्पियनसिप : कठिन परीक्षापछि नेपाल फाइनलमा

— प्रीति राई र उनले गरेको गोलको लागि नेपाली महिला फुटबल सधैं ऋणी रहनेछ । वाफ वुमेन्स च्याम्पियनसिप २०२४ मा नेपाल अहिलेसम्मकै सबैभन्दा कठिन परीक्षाबाट गुज्रिएको थियो र त्यसलाई पार गर्न नेपालले अन्तिम समयसम्म कुर्नु परेको थियो । लेबनानविरुद्धको सेमिफाइनल १–१ को बराबरीमा थियो ।

खेलले इन्ज्युरी समयको पाँचौं मिनेटमा पेनाल्टी एरियाको ठीक बाहिरबाट प्रीतिले गरेको प्रहार गोलमा परिणत भएको थियो । यस खेलले नेपालको २–१ जित मात्र निश्चित गरेन, टिम प्रतियोगिताको फाइनल पनि पुगेको छ । यससँगै साउदी अरेबियाको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल–फैसल स्पोर्टस सिटीको मैदानमा अपार खुसी छाएको थियो ।



अब नेपालले उपाधिको भिडन्तमा तीन पल्टको डिफेन्डिङ च्याम्पियन जोर्डनको सामना गर्नेछ । नेपालको जितको सबैभन्दा ठूलो विशेषता रह्यो, खेलमा पुनरागमन । खेलको ३८ औं मिनेटमा पूजा रानाको ब्याक पास दुर्भाग्यपूर्ण रूपमा आत्मघाती गोलमा परिणत भएपछि नेपाललाई गम्भीर धक्का पुगेको हो ।

यो गोलले नेपाली खेलाडीलाई धेरै हदसम्म दबाबमा पनि राखेको थियो र डर थियो, कतै नेपाल पराजित हुने त होइन ? बराबरी गोलका लागि पनि नेपालले ७६ औं मिनेटसम्म कुर्नु परेको थियो, जति बेला लेबनानी डिफेन्सको कमजोरीमा सावित्रा भण्डारीले गोल गरिन् । यो जितपछि नेपाल आफ्नो महिला फुटबलको इतिहासमा ११ औं फाइनलमा पुगेको छ ।

अब नेपाल उपाधिविहीन यात्रामा पूर्णविराम लगाउने मोडमा पुगेको छ । फाइनल बिहीबार हुनेछ । जितपछि सावित्राले पहिलो हाफमा नेपाली टिमले आफ्नो स्वभाविक प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिइन् । मैदान गिलो भएकोले समस्या भएको उनको तर्क थियो । उनले थपिन्, ‘तर हामीले दोस्रो हाफमा जिम्मेवारीले भरिएको खेल खेल्यौं ।’


खेलकी नायिका प्रीतिले भने उनको गोल फिजियोथेरापिस्ट नविना श्रेष्ठलाई समर्पित गर्न चाहिन् । चोटका कारण लामो समय मैदान बाहिर रहँदै श्रेष्ठले उनलाई खेलमा फर्कन सहयोग गरेकी थिइन् । ‘म यो गोल नविना म्यामलाई समर्पित गर्न चाहन्छु । मलाई मानसिक रूपमा गाह्रो हुँदा उहाँले नै साथ दिनु भएको हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...