— इर्लिङ हालान्डको पाँच गोलमा म्यानचेस्टर सिटीले मंगलबार लुटन टाउनलाई ६–२ ले पराजित गर्दै एफएकपको तेस्रो चरण प्रवेश गरेको छ । नर्वेली खेलाडीको यो सिटीका लागि आठौं ह्याट्रिक हो ।
उनी एकै टिमका लागि दुई पल्ट पाँच गोल गर्ने पहिलो खेलाडी पनि भएका छन् । तेस्रो चरण पुग्न सफल अन्य दुई टिममा न्युकासल युनाइटेड र लेस्टर सिटी पनि रहे ।
च्याम्पियनसिप क्लब लेस्टरले प्रिमियर लिग प्रतिद्वन्द्वी बर्नमाउथलाई १–० ले हरायो । न्युकासलले भने ब्ल्याकबर्नलाई टाइब्रेकरमा ४–३ ले हराएको थियो । यस अगाडिको खेल १–१ को बराबरीमा थियो ।