। नेपाली महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल गुमाउने भएकी छिन् ।
वाफ च्याम्पियनसिप फिफा विन्डो बाहिर भएकाले सावित्रा नेपालको खेल छाडेर आफू आवद्ध फ्रेञ्च क्लब एना भान गुइनगाम्पमा फर्किनु पर्ने भएको हो ।
बुधबार अखिल नेपाल फुटबल संघ एन्फाले सावित्राले वाफ च्याम्पियन सिपको फाइनल गुमाउने आधिकारिक जानकारी दिएको हो ।
सावित्रासँगको क्लबको सम्झौता अनुसार फिफा विन्डोमा आफ्नो देशका लागि खेल्न पाउने अनुमति थियो ।
तर वाफको फाइनल भने फिफा विन्डो भित्र नपर्ने भएकाले सावित्रा क्लबमा फर्किनु परेको हो ।
उनले जोर्डनविरुद्धको खेल गुमाउने छिन् । वाफ च्याम्पियनसिपको फाइनलमा फागुन १७ गते बिहिबार हुनेछ । प्रतियोगिताका ४ खेलमा सावित्राले ९ गोल गरेकी छिन् ।