मुख्य समाचार
नेपालमा बिजुली उत्पादन क्षमता २८ सय मेगावाट माथि
नेपालमा बिजुली उत्पादन क्षमता २८ सय मेगावाट माथि

। चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा ६१.३७ मेगावाट बिजुली थपिएको छ ।

अर्थ मन्त्रालयको विवरण अनुसार पुस २०८० सम्म विद्युत् उत्पादन क्षमता २८२८.९९ मेगावाट पुगेको छ । यो असार मसान्तसम्मको तुलनामा ६१.३७ मेगावाट* धेरै हो ।


असार मसान्तसम्म २७६७.६२ मेगावाट उत्पादन क्षमता रहेको अर्थ मन्त्रालयको वार्षिक विवरणमा उल्लेख छ ।

नेपालमा अहिले ९५ प्रतिशत विद्युतीकरण कार्य सम्पन्न भएको समेत अर्थको तथ्यांकमा उल्लेख छ ।


अर्थ मन्त्रालयले ६ महिनाको अर्थतन्त्रको प्रमुख झलक सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

अहिले नेपाल विद्युत् प्राधिकरणबाट ६६१.५७ मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४७८.१ मेगावाट, निजी क्षेत्रबाट १६२१.३८ मेगावाट, निजी सोलार विद्युत् ६१.९४ र बगास (उखुको खोस्टा) बाट ६ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । कुल विद्युत् उत्पादनमध्ये सरकारी क्षेत्रबाट भएको उत्पादनको हिस्सा ४०.३ प्रतिशत हो ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष भित्र कुल ९ सय मेगावाट क्षमताको थप जलविद्युत् उत्पादन भई राष्ट्रिय प्रसारणलाइनमा जोडिने सम्भावना छ ।

(*अन्यथा भएकोमा सच्याइएको छ)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...
। चाडर्वको मुखमा कर्जाको माग सामान्य बढे पनि बैंकिङ प्रणालीमा रहेको तरलता अनुसार कर्जा बढ्न नसक्दा केन्द्रीय बैंकले बुधबार तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार ४० अर्ब तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । २१ दिनको लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ४० अर्ब तरलता खिच्न लागिएको हो । निक्षेप ...
। नेपाल राष्ट्र बैंकले यस वर्ष चाडपर्व लक्षित गर्दै सुकिला नोट मात्रै सटही गर्ने भएको छ । केन्द्रीय बैंकमा साना दरका सुकिला नोट नै पर्याप्त रहेकोले यसपटक दशै‌ंमा सुकिला नोटको सटही गर्ने नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिलाराम पोखरेलले बताए । ‘नेपाल राष्ट्र बैंकमा सुकिला नोट पर्याप्त छन् । साना दरका नोटको अभाव छैन’ राष्ट्र बैंकका सहप्रवक्ता ...
। महोत्तरीसहित मधेसमा चौरचन पर्व नजिकिँदै गर्दा केराको माग उच्च भएको छ । मधेसका प्रायः बजार क्षेत्रका चोकचोकमा अहिले बिक्रीका लागि केरा राखिएका छन् । चौरचन पर्वका अवसरमा चन्द्रमालाई केरा चढाइने चलन रही आएको छ । भदौ शुक्लपक्षको चौथी तिथिको चन्द्रमाको आराधना गरिने यो पर्व आगामी शुक्रबार साँझ मनाइँदैछ । मिथिलामा चौरचन पर्व महत्वपूर्ण पर्वमध्ये मानिन्छ ...
। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । अमेरिकासहित विश्वव्यापी मौज्दात केही घटेसँगै मूल्यमा चाप परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम आयलप्राइसले जनाएको छ । अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार अगस्ट १६ सम्म आउँदा त्यहाँको मौज्दात ८ सातामै ३ करोड ४६ लाख ब्यारेल घटेको छ । तेल उत्पादनभन्दा पनि मौज्दात घटाउनतिर विभिन्न मुलुक सक्रिय रहँदा मूल्यमा चाप परेको ...