मुख्य समाचार
उपाधिको लागि जोर्डनसँग भिड्दै नेपाल, सावित्रा भण्डारी नखेल्ने
उपाधिको लागि जोर्डनसँग भिड्दै नेपाल, सावित्रा भण्डारी नखेल्ने

: नेपाल साउदी अरेबियामा जारी वेस्ट एसियन फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको उपाधिका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्ने भएको छ। बुधबार राति भएको सेमिफाइनलमा लेवनानलाई २–१ गोलले पराजित गर्दै नेपालले साविक विजेता जोर्डनसँगको उपाधि भिडन्त पक्का गरेको हो। जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा एक गोलले पछि परेको स्थितिबाट पुनरागमन गर्दै नेपाल उपाधिनजिक पुगेको हो। खेलको ३८औं मिनेटमा नेपालले आत्मघाती गोल गरेपछि लेवनानले अग्रता लिएको थियो। डिफेन्डर पूजा रानाले गोलरक्षक एन्जिला तुम्बापो सुब्बालाई दिएको बलले आफ्नै पोस्टको जाली चुमेको थियो।

दोस्रो हाफमा नेपालले लगातार आक्रमण बुन्दै गोल फर्काउने प्रयास गरेको थियो। स्टार स्ट्राइकर सावित्रा भण्डारीको प्रयासमा लेवनानका खेलाडी बाधक बनेका थिए। ७६औं मिनेटमा सावित्राले गोल गर्दै खेल बराबरी गरेकी थिइन्। रश्मीकुमारी घिसिङको पासमा गरेको प्रहार लेवनानी गोलरक्षक लमिटा एल डिपले रोके पनि क्लियर गर्न सकिनन्। डिफेन्डर अमिना करिमले क्लियर गर्न लागेको बल खोस्दै सावित्राले गोल गरेकी थिइन्। यससँगै उनले प्रतियोगितामा ९ गोल गरिसकेकी छन्। उनी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छिन्। खेलको इन्जुरी समयमा प्रिती राईले उत्कृष्ट गोल गर्दै नेपाललाई जित दिलाइन्। लेवनानका खेलाडीले क्लियर गर्न नसकेको कर्नर बललाई प्रितीले उत्कृष्ट गोल गरेकी थिइन्।

यसैबीच बिहीबार पाँच पटकको विजेता जोर्डनसँगको फाइनलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी भने अनुपस्थित हुने भएकी छन्। फाइनल खेल फिफा विन्डोमा नपरेका कारण सावित्राले अनुपस्थित हुने भएकी हुन्। फिफाको नियम अनुसार विन्डोमा रहेको राष्ट्रिय टोलीको खेलमा मात्र खेलाडीले अनिवार्य उपस्थिति जनाउनुपर्ने नियम छ। वाफ च्याम्पियनसिपको समूह चरणको खेल फिफा विन्डोमा रहे पनि नकआउट चरणका खेल भने विन्डो बाहिर थिए। फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित सावित्रालाई क्लबले सेमिफाइनलसम्म खेल्न दिएको थियो।

फ्रान्सेली लिगअन्तर्गत मार्च २ मा हुने खेल ग्वेंगाम्पका लागि निकै महत्वपूर्ण मानिएको छ। रेलिगेसन क्षेत्रमा रहेको लिल र ग्वेंगाम्पबीच चार अंकको मात्रै फरक रहेकाले क्लबका लागि महत्वपूर्ण मानिएको हो। रेलिगेसनबाट बच्न यो खेल जित्नै पर्ने भएकाले ग्वेंगाम्पले सावित्रालाई बोलाएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...