मुख्य समाचार
त्रिकोणात्मक टि-२० आई सिरिज : फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने
त्रिकोणात्मक टि-२० आई सिरिज : फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

: त्रिकोणात्मक टि-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स खेल्ने पक्का भएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबिया र नेदरल्यान्ड्सबीच जारी लिग चरणको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसक्दा दुवै टोलीको अंक बाँडिएको हो।


योसँगै नेपाल र नेदरल्यान्ड्सको फाइनल खेल मंगलबार हुने भएको छ। अंक तालिकामा नेदरल्यान्ड्सले चार खेलबाट ५ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपालको ४ अंक र नामिबियाको ३ अंक मात्र रहेको छ।

लिग चरणमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँगको दुई खेल गुमाउँदा पछिल्ला दुई खेलमा जित हासिल गरेको थियो। आइतबार टस जितेर पहिले नेदरल्याण्डसले फिल्डिङ रोजेको थियो। नामिबियाले १५ ओभरमा ४ विकेटको क्षतिमा ९४ रन बनाएपछि बर्षाले खेल रोकिएको हो।

रेफ्रीले नामिवियाका कप्तान जेजे स्मिथ र नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सलाई बोलाएर म्याच खेल नहुने जानकारी गराएका थिए। वर्षाले रोकिएको खेल सुचारु हुन नसक्दा १/१ अंक बाँडेका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...