मुख्य समाचार
पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज झापा गोल्डकपको क्वार्टरफाइनलमा
पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज झापा गोल्डकपको क्वार्टरफाइनलमा

: विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड क्लब झापा गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको छ। ए डिभिजन लिग विजेता चर्च ब्वाइजले पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलको यात्रा निश्चित गरेको हो।


पहिलोपटक झापा गोल्डकपमा सहभागिता जनाएको चर्च ब्वाइजले पहिलो खेलमै विजयी सुरुवात गरेको छ। पुलिस क्लब यसअघिका ५ वटै संस्करणमा पहिलो चरणबाटै बाहिरिएका थिए। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलको ५३ औँ मिनेटमा चर्च ब्वाइजका अवयोमी अबयोमीलाई पुलिसका गोल रक्षक सञ्जित श्रेष्ठले पेनाल्टी एरियामा फाउल गरेका थिए। त्यसपछि पाएको पेनाल्टीमा अबयोमीले गोल गर्दै टिमलाई अग्रता दिलाए।

खेलको ७८ औँ मिनेटमा अबयोमीको क्रस पासमा समीर तामाङले गोल गर्दै अग्रता दोब्बर बनाए। पेनाल्टी एरियामा अनमार्क रहेका रहेका तामाङले दायाँ बार च्याप्दै गरेको प्रहारले जाली चुमेको थियो। खेलको ४३ औँ मिनेटमा पेनाल्टी एरिया नजिकै पुलिसका उज्ज्वल राईलाई चर्च ब्वाइजका खेलाडीले लडाएपछि पुलिसले फ्रिकिक पाएको थियो।



सञ्जीव लामाले गरेको फ्रिकिक विपक्षी गोलरक्षक दीप कार्कीले पञ्च गरेर बचाए। ६९ औँ मिनेटमा पेनाल्टी एरियामा पाएको अवसर पुलिसले खेर फालेको थियो। खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका अवयोमी घोषित भए। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए। सोमबार हुने पहिलो क्वार्टरफाइनल खेलमा विभागीय टोली सशस्त्रको एपिएफ र सर्लाहीको बागमती युवा क्लबबीच हुनेछ। गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउने छ भने उपविजेताले नगद ७ लाखमा पाउने गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...