मुख्य समाचार
कोहलपुरमा घोङी खाने प्रतियोगिता : ४ मिनेटमा एक किलो घोङी खानुपर्ने
कोहलपुरमा घोङी खाने प्रतियोगिता : ४ मिनेटमा एक किलो घोङी खानुपर्ने

: आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने ध्येयले बाँकेको कोहलपुरमा घोङी खाने प्रतियोगिता हुने भएको छ । नेपाल युवा परिषद् लुम्विनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता हुन लागेको हो ।


घरबास (होमस्टे) सङ्घका महासचिव कृष्ण चौधरीले प्रतियोगितामा घोङी खाने तरिका र शैलीबारेसमेत जानकारी दिइने जानकारी दिए। उनले प्रतियोगितामा चार मिनेटमा एक किलो घोङी खानुपर्ने प्रावधान राखिएको बताए । दुई सय पाँचजना प्रतियोगी सहभागी हुने सो प्रतियोगितामा ४० किलो घोङी खपत हुने बताइएको छ । 'हामीले घोङी कसरी खाएको भन्ने विषयमा मूल्याङ्कन गर्न टिम बनाएका छौँ', उनले भने।

महासचिव चौधरीले होमस्टे पनि युवाहरूका लागि अध्ययनको विषय भएको उल्लेख गर्दै यसलाई संस्कार, संस्कृति र पर्यटनसँग जोड्न खोजिएको बताए। होमस्टेबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको जनाउँदै उहाँले युवाहरूले हेरेर पनि सीप सिक्न सक्ने उल्लेख गरे।



आइतबारदेखि तीन दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा रैथाने एवं परम्परागत खानाका परिकारको प्रदर्शनी, रैथाने खाद्यान्न बीउको प्रदर्शनी, जीन बैंक अवलोकन तथा अध्ययनको विषयलाई पनि प्राथमिकता दिइएको छ ।

नेपाल युवा परिषद्का संस्थापक अध्यक्ष सरोज बानियाँले सम्मेलनलाई पर्यटन र संस्कृतिसँग जोड्न खोजिएको उल्लेख गर्दै सम्मेलनमा करिब रु आठ लाख ५० हजार खर्च हुने बताए। रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गोल्डेन ग्लोब अवार्ड विजेता हलिउड अभिनेता टेरेन्स स्ट्याम्पको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ । टेरेन्स ‘सुपरम्यान’ फ्रान्चाइजीको खलपात्र जनरल डजको भूमिकामा परिचित छन् । यसबाहेक, उनी द हन्टेड मेन्सन र मर्डर मिस्ट्रीजस्ता लोकप्रिय फिल्ममा देखा परे । स्ट्याम्पको परिवारले मृत्युको बारेमा आधिकारिक नोट जारी गरेको छ । त्यसमा लेखिएको छ, ‘टेरेन्स स्ट्याम्प एक अभिनेता ...
— सुपरस्टार म्याडोनाले पोप लियो चौधौंलाई तत्काल गाजाको यात्रा गर्न र त्यहाँका बालबालिकाको जीवनरक्षा गर्न आग्रह गरेकी छन् । सोमबार सामाजिक सञ्जालमा अपिल पोस्ट गर्दै उनले पोपलाई त्यस्तो आग्रह गरेकी हुन् । छोरा रोक्कोको जन्मदिनले उनलाई त्यो पोस्ट गर्न प्रेरित गरेको समेत म्याडोनाले उल्लेख गरेकी छन् । रोक्को सोमबार २५ वर्षका लागेका छन् । ‘परम आदरणीय फादर, कृपया गाजामा जानुहोस् ...
: काठमाडौंको बौद्धमा सोमबार रोपाई जात्रा धुमधामका साथ सम्पन्न भएको छ। हरेक वर्ष गाईजात्राको भोलिपल्ट बौद्धमा रोपाई जात्रा गर्ने गरिन्छ। प्रताप मल्लको पालाबाट बनाइँदै आएको रोपाई जात्रालाई आफूहरूले निरन्तरता दिँदै आएको स्थानीयहरूको भनाइ छ। झाँकीसहितको जात्रामा बौद्ध परिसरबाट रोपाई सुरु गरेर बौद्ध परिक्रमासँगै बौद्ध पिपलबोटदेखि टुसालसम्म पुगेको थियो। बौद्धको रोपाइँ जात्रामा खेतमा छ्यापेको हिलोको प्रतीकका रूपमा ...
। बलिउड अभिनेता दीपराज राणाले नेपाली फिल्म ‘सुख दुःख’मा अभिनय गर्ने भएका छन् । निर्मात्री नीता ढुङ्गानासँग उनले लिखित सम्झौता गरेका छन् । सिंघम रिटन्र्स, प्रेम रतन धन पायो, दबङ ३ सहित हालै रिलिज भएको ‘मेट्रो इन दिनो’मा उनको अभिनय छ । बिल्ली उस्ताद, सितारे जमीन परजस्ता फिल्ममा पनि अभिनय गरेका छन् । उनले यसअघि श्रीकृष्ण श्रेष्ठ ...
। विश्वचर्चित फिल्म ‘स्पाइडर-म्यान’को नयाँ श्रृंखलाको छायांकन ग्लास्गोमा सुरु भएको छ । प्राप्त भिडियो र तस्वीरमा अभिनेता टम हल्याण्डले छायांकन थलोमा प्रशंसकलाई भेटिरहेको देखिन्छ । नयाँ श्रृंखलाको नाम ‘स्पाइडर-म्यान : ब्राण्ड न्यू डे’ राखिएको छ । स्कटल्याण्डमा छायांकन भएको अभिनेता हल्याण्डको यो लगातार दोस्रो फिल्म हो । उनी गत महिना इन्भरनेस र मोरे वरपरका विभिन्न स्थानमा क्रिस्टोफर ...