मुख्य समाचार
टी–२० आई त्रिदेशीय सिरिजको उपाधि नेदरल्याण्ड्सलाई
टी–२० आई त्रिदेशीय सिरिजको उपाधि नेदरल्याण्ड्सलाई

: टी–२० आई त्रिदेशीय सिरिजको उपाधि नेदरल्याण्ड्सले हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विकेटले घरेलु टोली नेपाललाई हराउँदै ४ विकेटले नेदरल्याण्ड्स विजयी भएको हो।


नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउने जवाफि ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले ६ विकेटको क्षतिमा १९.३ ओभरमा लक्ष्य भेट्टाएको हो।

नेदरल्याण्ड्सका लागि माइकल लेभिटले सर्वाधिक ५४ रन, साइब्रान्ड एंगलब्रेक्टले ४८, भिभिएन किंग्माले २९, म्याक्स ओ डाउडले २२ रन र टिम भान डर गुग्टेनले २१ रनको योगदान गरे। अन्य खेलाडिले दोहोरो अंक जोड्न सकेनन्।



नेपालका लागि कुशल मल्लले एकै ओभरमा नेदरल्याण्ड्सको दुई विकेटसहित ४ विकेट लिए। त्यसैगरी दिपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले १/१ विकेट लिए।

त्यस अगाडि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली नेपालले ८ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४७ रन बनाए। उनले ३७ बलमा ३ छक्का र १ चौका प्रहार गरे।

त्यसैगरी गुलसन झाले ३४ रन, कुशल मल्लले २६ रन, कप्तान रोहित पौडेलले २५ रन, ओपनर कुशल भुर्तेलले २० रन, करण केसीले ९ रन, सोमपाल कामीले ६ रन, प्रतिश जिसीले ६ रन, दिपेन्द्रसिंह ऐरीले १ रनको योगदान गरे। आरिफ शेख शून्य रनमा आउट भए।

नेदरल्याण्ड्सका लागि टिम भान डर गुग्टेन, माइकल लेभिट, साइब्रान्ड एंगलब्रेक्ट र फ्रेड कलासेनले समान २/२ विकेट विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...