— म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडमाथि ३–१ को पुनर्आगमन जित रचेको छ । म्यानचेस्टर डर्बीमा युनाइटेडले मार्कस रसफोर्डको उत्कृष्ट गोलले आठौं मिनेटमा अग्रता लिएको थियो ।
त्यसयता फिल फोडेनले ५६ र ८० औं मिनेटमा गोल गरे । इर्लिङ हाल्यान्डले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा तेस्रो गोल थपे । यो जितपछि सिटीको २७ खेलबाट ६२ अंक भएको छ र यो शीर्षमा रहेको लिभरपुलसँग एकै अंकको दुरी मात्र हो ।
युनाइटेड भने ४४ अंकमा छैटौं स्थानमा छ । आइतबारको अर्को खेलमा बर्नमाउथले बर्नलीलाई २–० ले हरायो ।