— बायर्न म्युनिक र पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मंगलबार युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठको यात्रा तय गरेका छन् ।
बायर्नले अन्तिम १६ को दोस्रो लेगको खेलमा लाजियोलाई ३–० ले हरायो र समग्रमा ३–१ को अग्रता लियो ।
पहिलो लेगमा बायर्न १–० ले पछाडि थियो । उसका लागि घरेलु मैदानमा प्राप्त जितमा ह्यारी केनले दुई र थोमस मुलरले एक गोल गरे । केनले ३८ र ६६ औं मिनेटमा गोल गरे । त्यसबीच मुलरले पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा अर्को गोल गरे ।
पीएसजीले भने रियल सोसिडाडलाई उसकै घरमा २–१ ले हराएको हो । फ्रान्सेली टिमका लागि दुवै गोल केयलिन एमबापेले गरे । यो जितसँगै पीएसजीले समग्रमा ४–१ को सजिलो जित निकाल्यो । एमबापले १५ र ५६ औं मिनेटमा गोल गरेका हुन् ।