— डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले बुधबार एफसी कोपेनहेगनलाई सजिलै पन्छाउँदै युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठको यात्रा तय गरेको छ । एतिहाडमा भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा सिटी ३–१ ले विजयी रह्यो ।
यसमा म्यानुएल अकान्जी, जुलियन एल्भारेज र इर्लिङ हालान्डले गोल गरे । यस जितसँगै सिटीले समग्रमा ६–२ को अग्रता लियो । सिटी प्रतियोगिताको क्वार्टरफाइलन पुगेको लगातार सातौं पटक हो ।
क्वार्टरफाइनल पुग्न असफल अर्को टिममा पूर्व विजेता रियल म्याड्रिड पनि रह्यो । रियलले दोस्रो लेगमा आरबी लाइपजिगलाई १–१ को बराबरीमा रोक्यो र समग्रमा २–१ को अग्रता लियो ।