मुख्य समाचार
भन्सार छलेर ल्याएको १ सय ४० बोरा प्याज बरामद
भन्सार छलेर ल्याएको १ सय ४० बोरा प्याज बरामद

— रुपन्देही प्रहरीले भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएको अवस्थामा १ सय ४० बोरा प्याज बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बुधबार लुम्बिनी सांस्कृतिक नगरपालिका-१ कालिदहबाट १४० बोरा प्याज बरामद गरेको हो । मोटसाइकल र साइकलमा ओसारपसार गरी गोदाम गरिरहेको अवस्थामा (मोटसाइकल र साइकलसहित) अन्दाजी मूल्य. ८ लाख १० हजार बराबरको प्याज बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।



प्रहरीका अनुसार बरामद गरिएका चार मोटरसाइकलमध्ये एउटा भारतीय नम्बर प्लेट र तीनवटा नेपाल नम्बर प्लेटका रहेका छन् । त्यस्तै ७ वटा साइकल बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको प्याज, मोटरसाइकल र साइकल आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।

त्यस्तै, प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईबाट २ लाख बराबरको सामान बरामद गरेको छ । प्रहरीले बरामद गरेको सामानमाफागु पुर्णिमाका लागि प्रयोग हुने पिच्कारी २३० पिस, बच्चाको जुत्ता र चप्पल ३२ जोर, जेन्स जुत्ता १३७ जोर, टिसर्ट ३५ पिस, रंग १९ प्याकेट र बेलुन १५ प्याकेट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...
। चाडर्वको मुखमा कर्जाको माग सामान्य बढे पनि बैंकिङ प्रणालीमा रहेको तरलता अनुसार कर्जा बढ्न नसक्दा केन्द्रीय बैंकले बुधबार तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार ४० अर्ब तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । २१ दिनको लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ४० अर्ब तरलता खिच्न लागिएको हो । निक्षेप ...
। नेपाल राष्ट्र बैंकले यस वर्ष चाडपर्व लक्षित गर्दै सुकिला नोट मात्रै सटही गर्ने भएको छ । केन्द्रीय बैंकमा साना दरका सुकिला नोट नै पर्याप्त रहेकोले यसपटक दशै‌ंमा सुकिला नोटको सटही गर्ने नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिलाराम पोखरेलले बताए । ‘नेपाल राष्ट्र बैंकमा सुकिला नोट पर्याप्त छन् । साना दरका नोटको अभाव छैन’ राष्ट्र बैंकका सहप्रवक्ता ...
। महोत्तरीसहित मधेसमा चौरचन पर्व नजिकिँदै गर्दा केराको माग उच्च भएको छ । मधेसका प्रायः बजार क्षेत्रका चोकचोकमा अहिले बिक्रीका लागि केरा राखिएका छन् । चौरचन पर्वका अवसरमा चन्द्रमालाई केरा चढाइने चलन रही आएको छ । भदौ शुक्लपक्षको चौथी तिथिको चन्द्रमाको आराधना गरिने यो पर्व आगामी शुक्रबार साँझ मनाइँदैछ । मिथिलामा चौरचन पर्व महत्वपूर्ण पर्वमध्ये मानिन्छ ...
। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । अमेरिकासहित विश्वव्यापी मौज्दात केही घटेसँगै मूल्यमा चाप परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम आयलप्राइसले जनाएको छ । अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार अगस्ट १६ सम्म आउँदा त्यहाँको मौज्दात ८ सातामै ३ करोड ४६ लाख ब्यारेल घटेको छ । तेल उत्पादनभन्दा पनि मौज्दात घटाउनतिर विभिन्न मुलुक सक्रिय रहँदा मूल्यमा चाप परेको ...