मुख्य समाचार
इतिहासकै उच्च विन्दुमा बिटक्वाइन
इतिहासकै उच्च विन्दुमा बिटक्वाइन

— पहिलो विकेन्द्रित क्रिप्टो मुद्राका रूपमा चिनिने ‘बिटक्वाइन’ को मूल्य यो साता आफ्नो इतिहासकै उच्चतम विन्दुमा पुगेको छ । मंगलबार प्रतिमुद्रा ६९ हजार अमेरिकी डलर अर्थात लगभग ९१ करोड नेपाली रुपैयाँमा कारोबार भएको बिटक्वाइन बुधबार साँझ ६६ हजार अमेरिकी डलर आसपासमा ओर्लिएको छ । यसअघि सन् २०१९ मा बिटक्वाइनको उच्चतम विन्दु ६५ हजार अमेरिकी डलर पुगेको थियो ।

बिटक्वाइनको वर्तमान मूल्यवृद्धिले क्रिप्टो मुद्रा बजारमा सुधारको संकेत देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । आफ्नो स्थितिमा निरन्तर सुधार गरेको बिटक्वाइनको उछालले इथर, सोलनालगायत अन्य क्रिप्टो मुद्राहरूको स्थितिसमेत बलियो बनाएको फोर्ब्सले उल्लेख गरेको छ ।



सन् २०२२ को अन्त्यमा क्रिप्टो कारोबार प्लाटफर्म एफटिएक्स ठगी मुद्दामा परेर त्यसका सञ्चालक साम ब्यांकम्यान फ्रिड जेल गएपछि क्रिप्टो मुद्रा बजार ओरालो लागेको थियो । त्यो बेला बिटक्वाइनको मूल्य १६ हजार अमेरिकी डलरसम्म झरेको थियो । वर्ष २०२३ मै क्रिप्टो मुद्रा कारोबार गर्नेमध्ये केही वित्तीय संस्थाहरू डुबेपछि बिटक्वाइन अत्यन्तै जोखिममा रहेको भनिएको थियो । सो वर्षको अन्त्यसम्ममा आफ्नो स्थिति उल्लेख्य सुधार गर्दै बिटक्वाइनको मूल्य ४२ हजार अमेरिकी डलर आसपाससम्म पुग्न सफल भएको थियो ।

विश्वको क्रिप्टो बजारको झन्डै आधा हिस्सा ओगटेको बिटक्वाइनको वर्तमान कूल बजार मूल्य १३ खर्ब अमेरिकी डलर आसपास रहेको मानिन्छ । जनवरीमा अमेरिकाको सेक्युरिटिज एन्ड एक्स्चेन्ज कमिसनले स्पट बिटक्वाइन अर्थात बिटक्वाइनजस्ता क्रिप्टो मुद्रा खरिद नगरिकनै यसको बजारमा लगानी र किनबेच गर्न मिल्ने अनुमति दिएपछि बिटक्वाइनको दबदबा अझै बढेको एल्म्याक्स ग्रुपका बजार विश्लेषक जो क्रुगरको अनुमान छ ।

परम्परागत शेयर बजारसँग पनि जोडेर कारोबार गर्न मिल्ने सहजता भएयता लगानीकर्ताहरूले ११ विभिन्न लगानी फर्ममार्फत झन्डै ८ अर्ब डलर बिटक्वाइन क्षेत्रमा खन्याइसकेको ब्लुमबर्गको अनुमान छ । बढ्दो माग र सुधारिँदै गएको बजारले अत्यन्तै बलियो रहेको देखाए पनि जोखिम उत्तिकै रहेको कतिपय बजार विश्लेषकको भनाइ छ ।


सन् २०२३ को अन्त्यसम्ममा झन्डै २० लाख बिटक्वाइन माइन भइसकेको र अब लगभग डेढ लाख आसपास माइन हुन बाँकी रहेको क्रिप्टो बजारलाई नजिकबाट नियाल्नेहरूको आँकल्न छ । बिटक्वाइन पछि इथेरियम, टिथर, बीएन्डी, डजक्वाइनलगायत ९९ वटा अन्य मुद्रालाई ठूला क्रिप्टो मुद्रा मानिन्छन् । तीमध्ये टिथरसमेतका ७-८ वटा मुद्राको मात्रै स्थिती ऋणात्मक रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...
। चाडर्वको मुखमा कर्जाको माग सामान्य बढे पनि बैंकिङ प्रणालीमा रहेको तरलता अनुसार कर्जा बढ्न नसक्दा केन्द्रीय बैंकले बुधबार तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार ४० अर्ब तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । २१ दिनको लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ४० अर्ब तरलता खिच्न लागिएको हो । निक्षेप ...
। नेपाल राष्ट्र बैंकले यस वर्ष चाडपर्व लक्षित गर्दै सुकिला नोट मात्रै सटही गर्ने भएको छ । केन्द्रीय बैंकमा साना दरका सुकिला नोट नै पर्याप्त रहेकोले यसपटक दशै‌ंमा सुकिला नोटको सटही गर्ने नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिलाराम पोखरेलले बताए । ‘नेपाल राष्ट्र बैंकमा सुकिला नोट पर्याप्त छन् । साना दरका नोटको अभाव छैन’ राष्ट्र बैंकका सहप्रवक्ता ...
। महोत्तरीसहित मधेसमा चौरचन पर्व नजिकिँदै गर्दा केराको माग उच्च भएको छ । मधेसका प्रायः बजार क्षेत्रका चोकचोकमा अहिले बिक्रीका लागि केरा राखिएका छन् । चौरचन पर्वका अवसरमा चन्द्रमालाई केरा चढाइने चलन रही आएको छ । भदौ शुक्लपक्षको चौथी तिथिको चन्द्रमाको आराधना गरिने यो पर्व आगामी शुक्रबार साँझ मनाइँदैछ । मिथिलामा चौरचन पर्व महत्वपूर्ण पर्वमध्ये मानिन्छ ...
। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । अमेरिकासहित विश्वव्यापी मौज्दात केही घटेसँगै मूल्यमा चाप परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम आयलप्राइसले जनाएको छ । अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार अगस्ट १६ सम्म आउँदा त्यहाँको मौज्दात ८ सातामै ३ करोड ४६ लाख ब्यारेल घटेको छ । तेल उत्पादनभन्दा पनि मौज्दात घटाउनतिर विभिन्न मुलुक सक्रिय रहँदा मूल्यमा चाप परेको ...