मुख्य समाचार
विकास ऋणपत्रमार्फत ८ अर्ब आन्तरिक ऋण उठाइँदै
विकास ऋणपत्रमार्फत ८ अर्ब आन्तरिक ऋण उठाइँदै

— आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको छ । सोही क्रममा विकास ऋणपत्र बिक्रीका लागि नेपाल राष्ट्र बैंकले सूचना आह्वान गरेको छ ।

ऋणपत्रका लागि मंगलबार (फागुन २९ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । फागुन ३० गते (बुधबार) राष्ट्र बैंकले ऋणपत्र बिक्री जारी गर्ने जनाएको छ । ‘विकास ऋणपत्र २०८८ ‘झ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ८ वर्ष छ ।



ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकले सेवा व्यापारका लागि सटही सुविधा दिने भएको छ । विदेशबाट रकम प्राप्त भएका आधारमा भारत तथा तेस्रो मुलुकबाट आयात भएको सेवा अन्य मुलुक (भारत समेत) मा निर्यात गर्न पाइने भएको हो । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन सम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै सेवा आयात गरेर नाफा राखी निर्यात गर्न सटही सविधा दिने ...
: दसैंमा नुवाकोटमा करिब तीन करोड बराबरको खसीबोकाको कारोबार भएको छ काठमाडौंलगायतका जिल्लामा नुवाकोटमा खसीबोका निर्यात भएको हो। १२ स्थानीय तह रहेको पहाडि नुवाकोटमा दसैंमा चार करोडको खसीबोका खपत भएको र दसैंमा मात्र करिब ती करोड रुपैयाँको कारोबार भएको पशुसेवा कार्यालय नुवाकोटले जनाएको छ। कार्यालयका अधिकृत भरत पाण्डेका अनुसार दसैंका लागि नुवाकोटबाट सात सय बढी ...
: अर्घाखाँचीबाट यो दसैंका लागि झण्डै डेढ करोडको खसीबोका बाहिरी जिल्ला निर्यात भएको छ। अर्घाखाँचीमा झण्डै ८ करोडको खसीबोका खपत भएको र यो दसैंमा मात्र डेढ करोड बढीको खसीबोका आसपासका जिल्लामा निर्यात भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र अर्घाखाँचीका प्रमुख विष्णु प्रसाद पौडेलले बताए। अर्घाखाँचीमा कृषकहरू व्यावसायिक बाख्रापालनमा लागेका छन्। बाख्रापालनका लागि उचित वातावरण तथा ...
। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी व्यवस्थामा कडाइ गरेको छ । सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थागत नीति तथा कानुन परिमार्जन गर्दै राष्ट्र बैंकले जोखिममा आधारित नीति, कार्यविधि तथा कार्ययोजनामा संशोधन गर्नुपर्ने व्यवस्था गरेको हो । ‘प्रचलित कानुनमा भएको परिवर्तन, जोखिम मूल्यांकन, व्यवसाय र प्रविधिमा ...
: विश्व बैंकले भने यसवर्ष नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत रहने अनुमान गरेको छ । विश्व बैंकले बुधबार नेपाल ‘डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपि) वृद्धिदर सन् २०२५ मा पाँच दशमलव एक र सन् २०२६ मा पाँच दशमलव पाँच प्रतिशत रहने प्रक्षेपण गरेको हो । चालु आर्थिक वर्ष ...