मुख्य समाचार
एन्डरसन बने ७ सय टेस्ट विकेट लिने पहिलो पेसर
एन्डरसन बने ७ सय टेस्ट विकेट लिने पहिलो पेसर

— इंग्ल्यान्डका जेम्स एन्डरसन शनिबार टेस्ट क्रिकेटमा ७ सय विकेट लिने पहिलो पेस बलर भएका छन् । उनी ७ सय टेस्ट विकेट लिने तेस्रो बलर मात्रै हुन् । भारतविरुद्ध चलिरहेको पाँचौं टेस्टमा कुलदीप यादवको विकेट लिएपछि एन्डरसनले यो कोशेढुंगा उपलब्धी छोएका हुन् ।

पछिल्लो दुई दशकयता सक्रिय त्रिकेट खेलिरहेका ४१ वर्षीय एन्डरसनले अहिले इंग्ल्यान्डका लागि कीर्तिमान १ सय ८७ औं टेस्ट खेलिरहेका छन् । उनले टेस्टको तेस्रो दिन कुलदीपको विकेट लिएका हुन् ।



टेस्ट क्रिकेटमा उनीभन्दा बढी दुई बलरले मात्र विकेट लिएका छन् । त्यसमा मुथैया मुरलिधरनले आठ सय र सेन वार्नले ७ सय ८ विकेट लिएका छन् । यी दुवै स्पिनर हुन् । एन्डरसनपछि बढी टेस्ट विकेट लिनेमा इंग्ल्यान्डकै स्टुवार्ट ब्रोड रहेका छन् । इंग्ल्यान्डका ब्रोडले ६ सय ४ विकेट लिएका छन् । एन्डरसन र ब्रोड मात्रै ६ सय विकेटभन्दा बढी लिने पेस बलर हुन् ।

उनीहरूका पछाडि अस्ट्रेलियाली पेसर ग्लेन म्याकग्राले सर्वाधिक ५ सय ६३ टेस्ट विकेट लिएका छन् । फास्ट बलरका रूपमा एन्डरसनले यति धेरै टेस्ट खेल्नु र विकेट लिनुलाई विश्व क्रिकेटमा अद्वितीय मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...