— लिभरपुलले बिहीबार युरोपा लिगको क्वाटरफाइनलमा एक पाइला राखेको छ । लिभरपुलले अन्तिम १६ को पहिलो लेगको लेगमा स्पार्टक प्रागलाई ५–१ ले हरायो । अर्को खेलमा रोमाले भने ब्राइटनलाई सजिलै ४–० ले पराजित गर्यो । जाभी एलोन्सोको बायर लेभरकुजनले दुई गोलले पछाडि रहेकोस्थितिमा कराबागलाई २–२ को बराबरीमा रोक्यो र आफ्नो अपराजित यात्रा कायम राख्यो ।
योर्गन क्लोपको लिभरपुलको यो सिजन चार उपाधि जित्ने सम्भावना कायम छ र अहिले प्राप्त जितले आइतबार म्यानचेस्टर सिटीविरुद्ध हुने इंग्लिस प्रिमियर लिग खेलका लागि तयार भएको देखाएको छ । उसका लागि प्रागमा भएको खेलमा डारविन नुनेजले दुई गोल गरे । यस्तै एलेक्स म्याकएलिस्टर, मोहमद सलाह र डोनिमिक सोबोजलाईले एक एक गोल गरे ।
बिहीबारका अन्य खेलमा एसी मिलानले स्लाभिया प्रागलाई ४–२, मार्सेले भिल्लारियललाई ४–० र फ्रायबर्गले वेस्ट ह्यामलाई १–० ले हरायो । यस्तै बेनफिका र रेन्जर्सले २–२ को बराबरी खेले ।