मुख्य समाचार
कतारी लगानीकर्ता नेपालमा लगानी गर्न सकारात्मक
कतारी लगानीकर्ता नेपालमा लगानी गर्न सकारात्मक

— कतारका लगानीकर्ताहरू नेपालमा लगानी गर्न सकारात्मक देखिएका छन् । कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकाल र कतार फाइनान्सियल सेन्टर (क्यूएफसी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) युसुफ मोहम्मद अल जाइदासँग भएको द्विपक्षीय भेटमा कतारी लगानीकर्ता नेपालमा लगानी गर्न सकारात्मक भएका हुन् ।

सरकारले आगामी अप्रिल २८ र २९ तारिख काठमाडौंमा हुन लागेको तेस्रो नेपाल लगानी सम्मेलनमा कतारको लगानी कर्ता बढाउन राजदूत ढकालले क्यूएफसीका सीईओसमक्ष आग्रह गरेका थिए ।



‘नेपालमा विदेशी लगानी कर्ताको लगानी सुनिश्चित गर्न उपयुक्त कानुन र वातावरण छ । हाइड्रोपावर, शिक्षा, स्वास्थ्य, आइसिटी, यातायात तथा ग्रामिण विकासमा लगानी गर्न सकिने क्षेत्रहरु छन् । यसमा नेपाल सरकारले आयोजनाहरु पहिचान गरिसकेको छ,’ राजदूत ढकालले भने ।

क्यूएफसीका सीईओ जाइदाले कतारका ठूला लगानीकर्ताहरूसँग यसबारे छलफल गरिने बताए । ‘नेपालको विकासमा हामी सहयोगी हुन चाहन्छौं । हामी हाम्रा लगानीकर्ताहरूसँग यसवारे छलफल गर्नेछौं,’ उनले भने ।

कतारी लगानीकर्ताहरूसँग छलफल गर्न नेपाल बिजनेस एशोसिएसन, कतारले एउटा कार्यक्रम गर्ने भएको छ । त्यसमा कतारी लगानीकर्ताहरूको उपस्थिति हुने क्यूएफसीले जनाएको छ । यसको लागि तयारी अगाडि बढाइएको राजदूत ढकालले बताए ।


यो भेटमा नेपाली दूतावासका उपप्रमुख कुमार राई, नेपाल बिजेनस एसोसियसनका अध्यक्ष महेन्द्र चौलागाईं, एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट, सल्लाहकार नरेन्द्र भाट, व्यवसायी सुनिल घिमिरेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...
। चाडर्वको मुखमा कर्जाको माग सामान्य बढे पनि बैंकिङ प्रणालीमा रहेको तरलता अनुसार कर्जा बढ्न नसक्दा केन्द्रीय बैंकले बुधबार तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार ४० अर्ब तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । २१ दिनको लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ४० अर्ब तरलता खिच्न लागिएको हो । निक्षेप ...
। नेपाल राष्ट्र बैंकले यस वर्ष चाडपर्व लक्षित गर्दै सुकिला नोट मात्रै सटही गर्ने भएको छ । केन्द्रीय बैंकमा साना दरका सुकिला नोट नै पर्याप्त रहेकोले यसपटक दशै‌ंमा सुकिला नोटको सटही गर्ने नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिलाराम पोखरेलले बताए । ‘नेपाल राष्ट्र बैंकमा सुकिला नोट पर्याप्त छन् । साना दरका नोटको अभाव छैन’ राष्ट्र बैंकका सहप्रवक्ता ...
। महोत्तरीसहित मधेसमा चौरचन पर्व नजिकिँदै गर्दा केराको माग उच्च भएको छ । मधेसका प्रायः बजार क्षेत्रका चोकचोकमा अहिले बिक्रीका लागि केरा राखिएका छन् । चौरचन पर्वका अवसरमा चन्द्रमालाई केरा चढाइने चलन रही आएको छ । भदौ शुक्लपक्षको चौथी तिथिको चन्द्रमाको आराधना गरिने यो पर्व आगामी शुक्रबार साँझ मनाइँदैछ । मिथिलामा चौरचन पर्व महत्वपूर्ण पर्वमध्ये मानिन्छ ...
। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । अमेरिकासहित विश्वव्यापी मौज्दात केही घटेसँगै मूल्यमा चाप परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम आयलप्राइसले जनाएको छ । अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार अगस्ट १६ सम्म आउँदा त्यहाँको मौज्दात ८ सातामै ३ करोड ४६ लाख ब्यारेल घटेको छ । तेल उत्पादनभन्दा पनि मौज्दात घटाउनतिर विभिन्न मुलुक सक्रिय रहँदा मूल्यमा चाप परेको ...