मुख्य समाचार
आयोजक बाहिरियो, चर्च ब्याइज झापा गोल्डकपको फाइनलमा
आयोजक बाहिरियो, चर्च ब्याइज झापा गोल्डकपको फाइनलमा

: चर्च ब्याइजसँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदै आयोजक झापा ११ एफसी छैटौँ झापा गोल्डकपको सेमिफाइनलबाट बाहिरिएको छ। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा पेनाल्टी सुटआउटमा आयोजक झापा ११ लाई ४–३ गोल अन्तरले पराजित गर्दै चर्च ब्याइज फाइनलमा प्रवेश छ।


सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्याइज झापा गोल्डकपमा पहिलोपटक सहभागी हुँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो। झापा यसअघिका पाँच पटक फाइनलमा पुगेर पनि उपाधि जित्नबाट टाढा रहँदै आएको छ। यो पटक सेमिबाटै बाहिरिँदा समर्थक मैदानमा निराश देखिए।

उपाधिका लागि फागुन २८ गते हुने फाइनलमा चर्च ब्याइज विभागीय टोली सशस्त्र प्रहरीको एपिएफसँग भिड्नेछ। पेनाल्टी सुटआउटमा चर्च ब्याइजको लागि सुरज जिउ ठकुरी, विजय भुजेल, अबयोमी अलुवासेउन फकुन्ले र गोलकिपर तथा कप्तान दीप कार्कीले गोल गरे। चर्च ब्याइजका सर्ज डिकाको प्रहार विपक्षी गोलकिपर सुदिप लिम्बूले बचाए।



झापाको लागि आदित्य शाक्य, विवेक पौडेल, आशिष् चापागाईंले गोल गरे। प्रदीप बुढाथोकीको प्रहार क्रस वारमा लागेर फर्कियो। विदेशी खेलाडी मार्क जुनियर ह्यारिसनको प्रहार चर्च ब्याइजका गोलकिपर दीप कार्कीले बचाए। खेल बराबरी भएपछि १४ मिनेटको अतिरिक्त समय थप गरिएको थियो। सो समयमा विजय भुजेलको प्रहार पोस्टमा लागेर फर्किएको थियो। अतिरिक्त समयको दोस्रो हाफमा मार्क जुनियर ह्यारीसनले बक्सबाहिरबाट हानेको शक्तिशाली प्रहार गोलकिपर दीप कार्कीले बाहिर फ्याल्दै चर्च ब्याइजको संकट टारेका थिए।

यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। घरेलु समर्थन पाएको झापाको तुलनामा चर्च ब्याइज बलियो देखिएको थियो। उसले बल पकड राख्दै दबाब बनाए पनि फाइनल थर्डमा चुकेको हो।

पहिलो हाफमा भने दुवै टोली फिक्का रहे। खासै गतिलो अवसर बनाउन सकेनन्। खेलको ५१औँ मिनेटमा चर्चका अबायोमी अलुवासेउन फकुन्लेले हानेको शक्तिशाली प्रहार गोलकिपर सुदिप लिम्बूले बचाए। ५३औँ मिनेटमा सुरज जिउ ठकुरीले करिब २५ यार्ड टाढाबाट हानेको प्रहार गोलकिपर सुदिपले पन्च गरेर बाहिर फ्यालेको हुन्।

६३औँ मिनेटमा सुरजको पासमा विजय भुजेल बक्सभित्र बल पाए पनि सदुपयोग गर्न सकेनन्। एक मिनेट बाँकी रहँदा चर्च ब्वाइजका फाकुन्लेको प्रहार गोलकिपर सुदिपले उत्कृष्ट बचाउ गरे। झापाले भने केही मात्र राम्रा अवसर बनाउन सक्यो। खेलको २६औँ मिनेटमा आशिष् चापागाईँले हानेको प्रहार गोलकिपर दीप कार्कीले बचाए। ६२औँ मिनेटमा कप्तान पेमा तामाङले बनाएको सुन्दर अवसरमा झापा गोल गर्न चुक्यो।

आशिष् चापागाईंले मिलाएको सुन्दर पासमा विदेशी खेलाडी मार्क जुनियर ह्यारिसन गोल गर्न चुक्दा घरेलु समर्थक स्तब्ध बनेका थिए। सेमिफाइनल खेलको प्लेयर अफ दि म्याच चर्च ब्वाइजका गोलकिपर दीप कार्की घोषित भए। उनले मेडलसहित ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। फागुन १९ बाट सुरु भएको गोल्डकपको विजेताले नगद १३ लाख तथा उपविजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसैगरी विधागततर्फका खेलाडीले २५ हजार प्राप्त गर्ने गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...