मुख्य समाचार
यो वर्षको ओस्कर अवार्ड कसले जित्ला ?
यो वर्षको ओस्कर अवार्ड कसले जित्ला ?

— यो वर्षको ओस्कर अवार्ड कसले जित्ला ? फिल्म क्षेत्रमै सर्वश्रेष्ठ मानिने अवार्डको मिति नजिकिएसँगै फिल्मकर्मी र समीक्षकबीच आँकलन सुरु भएको छ । के 'ओपनहाइमर'ले नै यो वर्षको अवार्ड जित्ला त ? के उत्कृष्ट अभिनेत्रीको विधामा लिली ग्ल्याडस्टोनले नै बाजी मार्लिन् ? ओस्कर चर्चाले फिल्म क्षेत्र गर्माएको छ ।

ओस्करका विधामध्येमै पनि 'उत्कृष्ट फिल्म'को विधाले सबैको ध्यान आकर्षित गर्छ । 'अमेरिकन फिक्सन', 'एनाटोमी अफ फल', 'द हल्डोभर्स', 'बार्बी', 'किलर्स अफ द फ्लावर मुन', 'मायस्ट्रो', 'ओपनहाइमर', 'पास्ट लाइभ्स', 'पोर थिङ्स' र 'द जोन अफ इन्ट्रेस्ट'मध्येबाट एउटा फिल्मले यो विधामा अवार्ड जित्दैछ । अधिकांश संचारमाध्यमले यो विधामा क्रिस्टोफर नोलनको 'ओपनहाइमर'ले अवार्ड जित्ने अनुमान गरेका छन् ।



न्युयोर्क टाइम्स, गार्जियन र द हलिउड रिपोर्टरले यही फिल्मले यो विधामा कब्जा जमाउने अनुमान गरेका छन् । प्राविधिक पक्षमा गरिएको प्रयोगसहित जे रोबर्ट ओपनहाइमरको जीवनमा आधारित यो फिल्मले अवार्ड नजिते त ठूलो निरासा थप्नेसमेत बीबीसीले उल्लेख गरेको छ । यो फिल्मको अलावा 'किलर्स अफ द फ्लावर मुन' र 'पोर थिङ्स'लाई पनि यो विधाको बलियो दाबेदारको रुपमा चर्चा गरिएको छ ।

उत्कृष्ट निर्देशकतर्फ पनि 'द जोन अफ इन्ट्रेस्ट'बाट मनोनित निर्देशक जोनाथन ग्लेजर, 'पोर थिङ्स'का योर्गोस ल्यान्थिमोस, 'किलर अफ फ्लावर मुन'का मार्टिन स्कोरसेजी, 'एनाटोमी अफ फल'का जस्टिन ट्रियट र 'ओपनहाइमर'का क्रिस्टोफर नोलनमध्येबाट नोलनले नै यो विधामा अवार्ड जित्ने आकलन गरिएको छ । १५ वर्षअघि 'द डार्क नाइट'बाट ओस्कर मनोनयनमा परेका ३५ वर्षे नोलनले यसअघि ओस्कर जितेका छैनन् । यही फिल्मबाट 'डिरेक्टर्स गिल्ड अवार्ड'जितेका उनले यो वर्ष यो विधामा बाजी मार्ने पक्काजस्तै भइसक्यो । यहि फिल्मबाट लेखन र निर्माणबाट उनले अर्को दुई अवार्ड पनि घर लैजाने अनुमान छ ।

उत्कृष्ट अभिनेतातर्फ भने 'ओपनहाइमर'बाट किलियन मर्फीले अवार्ड उचाल्ने गार्जियनदेखि न्युयोर्क टाइम्स र द हलिउड रिपोर्टरले गरेको अनुमानमा उल्लेख गरिएको छ । यो विधामा ब्र्याड्ली कुपर, कोलमन डोमिङ्गो, पल जियामाटी, जेफ्री राइटलाई पछाडि पार्दै किलियनले यो अवार्ड जित्ने पक्का छ । ब्रिटिस फिल्म एकेडेमी अवार्ड(बाफ्टा) र स्क्रिन एक्टर्स गिल्ड अवार्ड जितिसकेका कलाकारले यो विधामा अवार्ड नजित्ने भन्ने हुँदैन । त्यसैले पनि यो विधामा किलियन नै बलियो प्रतिस्पर्धीका रुपमा चर्चा चलेको छ ।


बाफ्टा जित्दै यो अवार्ड जित्ने पहिलो आदिवासी महिलाको इतिहास रचेकी लिली ग्ल्याडस्टोनले नै उत्कृष्ट अभिनेत्रीतर्फको अवार्ड जित्ने अधिकांशको अनुमान छ । तर, यही विधामा 'पोर थिङ्स'बाट इम्मा वाट्सनले पनि अवार्ड जित्ने उतिकै संभावना छ । त्यसैले न्युयोर्क टाइम्स, बीबीसीले लिलीको जित अनुमान गर्दा गार्जियनले एम्मा स्टोनको नाम अगाडि सारेको छ । उनी दुईसहित केरी मलिगन, एनेट बेनिङ, सान्ड्रा हुलरले यो विधामा प्रतिस्पर्धा गर्दैछ ।

सह-अभिनेतातर्फ 'ओपनहाइमर'बाटै रोबर्ट डाउनी जुनियरकै नाम अग्रस्थानमा छ । स्टर्लिङ के. ब्राउन, रोबर्ट डि निरो, रायन गोस्लिङ र मार्क रफलोलाई पछार्दै रोबर्टले यो विधा कब्जा गर्ने अनुमान छ । सह-अभिनेत्रीतर्फ डेभाइन जोय र्‍यान्डल्फले 'द हल्डोभर्स'बाट अवार्ड जित्दै अन्य प्रतिस्पर्धी एमिली ब्लन्ट, अमेरिका फरेरा, जोडी फोस्टर, डानियल ब्रक्सलाई पछाडि पार्ने अनुमान छ । डेभाइनले पनि यो वर्ष 'द हल्डोभर्स'बाट थुप्रै अवार्ड कुम्ल्याइसकिन् । गोल्डेन ग्लोब, बाफ्टा, स्क्रिन एक्टर्स गिल्ड अवार्डलगायत जितिसकेकी उनी नै यो विधाकी बलियो दाबेदार हुन् । त्यस्तै उत्कृष्ट ओरिजिनल स्क्रिनप्लेतर्फ 'मायस्ट्रो', 'मे डिसेम्बर', 'द हल्डोभर्स' र 'पास्ट लाइभ्स'मध्येबाट 'एनाटोमी अफ अ फल'ले अवार्ड जित्ने आकलन छ ।

उत्कृष्ट एडेप्टेड स्क्रिनप्लेतर्फ भने 'अमेरिकन फिक्सन'ले 'ओपनहाइमर', 'बार्बी', 'पोर थिङ्स', 'द जोन अफ इन्ट्रेस्ट'लाई पछाडि पार्ने पक्काजस्तै भइसक्यो । उत्कृष्ट एनिमेसनतर्फ 'स्पाइडरम्यान : एक्रस द स्पाइडर भर्स', डकुमेन्ट्रीतर्फ 'ट्वान्टी डेज इन म्यारियोपोल', उत्कृष्ट फिचरतर्फ 'द जोन अफ इन्ट्रेस्ट', सिनिमेटोग्राफीमा 'ओपनहाइमर', उत्कृष्ट गीतमा बार्बीको 'ह्वाट वाज आइ मेड फोर', साउन्डमा 'ओपनहाइमर', सम्पादनमा 'ओपनहाइमर', प्रोडक्सन डिजाइनमा 'बार्बी', कस्ट्युम डिजाइनमा 'पोर थिङ्स', मेकअप र हेयर स्टाइलिङमा 'पोर थिङ्स', उत्कृष्ट भिज्वल इफेक्ट्स 'गोड्जिल्ला माइनस वान', एनिमेटेड सर्टतर्फ 'वार इज ओभर ! इस्पायर्ड बाई द म्युजिक अफ जोन एण्ड योको', डकुमेन्ट्री सर्टतर्फ 'द लास्ट रिपेयर सप', लाइभ एक्सन सर्टमा 'द वन्डरफूल स्टोरी अफ हेनरी सुगर'ले आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...
। अष्ट्रेलियाली पूर्वक्रिकेटर तथा चर्चित ब्याट्सम्यान डेभिड वार्नर फिल्म क्षेत्रमा देखिने भएका छन् । वार्नरले भारतको तेलुगु फिल्म निर्देशक भेन्की कुदुमुलाको आगामी एक्सन ड्रामा ‘रोबिन हुड’बाट डेब्यु गर्दैछन् । वार्नरले सोसल मिडिया प्लाटफर्म एक्समा पोस्ट सेयर गर्दै यसबारे जानकारी दिएका हुन् । जसमा उनले फिल्ममा काम गर्न निकै उत्साहित रहेको बताएका छन् । यो फिल्मलाई मैत्री मूभि ...