मुख्य समाचार
ओस्कार जितेपछि किलियन मर्फी : हामी ओपेनहाइमरको संसारमा बाँचिरहेका छौं
ओस्कार जितेपछि किलियन मर्फी : हामी ओपेनहाइमरको संसारमा बाँचिरहेका छौं

। ‘ओपेइनहाइमर’बाट किलियन मर्फीले सर्वश्रेष्ठ अभिनेता र निर्देशक क्रिस्टोफर नोलनले निर्देशन विधामा यसवर्षको ओस्कार अवार्ड जितेका छन् ।

अवार्ड ग्रहण गर्दै अभिनेता मर्फीले निर्देशन नोलनसहित फिल्मको टोलीलाई धन्यवाद दिँदै पछिल्लो २० वर्षको आफ्नो करिअर उतारचढावपूर्ण, सिर्जनात्मक र सन्तोषजनक ढंगले बितेको बताए । ‘मैले भन्न सक्नेभन्दा बढी म तपाईंहरुप्रति ऋणी छु’ उनले भने ।


त्यसपछि उनले धन्यवाद व्यक्त गर्दै केही समयका लागि व्यक्तिगत क्षण सम्झिए- मेरा दुई केटाहरु जो यहाँ बसिरहेका छन्, तिमीहरुलाई धेरै प्रेम गर्छु । आइरिस हुनुको नाताले म गर्व गर्छु ।’

उनले आफ्नो अवार्ड शान्तिका लागि संघर्ष गर्नेहरुलार्ई समर्पण गरे । ‘हामीले आणविक बम सिर्जना गर्ने मानिसको बारेमा एउटा फिल्म बनायौं । राम्रो वा नराम्रो जे भएपनि हामी सबै ओपेनहाइमरको संसारमा बाँचिरहेका छौं, त्यसैले म यसलाई शान्तिकर्ताहरूलाई समर्पित गर्न चाहन्छु’ उनले भने ।


अभिनेता मर्फीको यो पहिलो ओस्कार अवार्ड हो । यसअघि उनले ओपेनहाइमरबाटै गोल्डेन ग्लोब्स लगायतका पुरस्कार पनि जितिसकेका छन् । निर्देशक क्रिस्टोफर नोलनको पनि यो पहिलो ओस्कार अवार्ड विजयी हो । उनी योसहित ८ पटक मनोनित भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गोल्डेन ग्लोब अवार्ड विजेता हलिउड अभिनेता टेरेन्स स्ट्याम्पको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ । टेरेन्स ‘सुपरम्यान’ फ्रान्चाइजीको खलपात्र जनरल डजको भूमिकामा परिचित छन् । यसबाहेक, उनी द हन्टेड मेन्सन र मर्डर मिस्ट्रीजस्ता लोकप्रिय फिल्ममा देखा परे । स्ट्याम्पको परिवारले मृत्युको बारेमा आधिकारिक नोट जारी गरेको छ । त्यसमा लेखिएको छ, ‘टेरेन्स स्ट्याम्प एक अभिनेता ...
— सुपरस्टार म्याडोनाले पोप लियो चौधौंलाई तत्काल गाजाको यात्रा गर्न र त्यहाँका बालबालिकाको जीवनरक्षा गर्न आग्रह गरेकी छन् । सोमबार सामाजिक सञ्जालमा अपिल पोस्ट गर्दै उनले पोपलाई त्यस्तो आग्रह गरेकी हुन् । छोरा रोक्कोको जन्मदिनले उनलाई त्यो पोस्ट गर्न प्रेरित गरेको समेत म्याडोनाले उल्लेख गरेकी छन् । रोक्को सोमबार २५ वर्षका लागेका छन् । ‘परम आदरणीय फादर, कृपया गाजामा जानुहोस् ...
: काठमाडौंको बौद्धमा सोमबार रोपाई जात्रा धुमधामका साथ सम्पन्न भएको छ। हरेक वर्ष गाईजात्राको भोलिपल्ट बौद्धमा रोपाई जात्रा गर्ने गरिन्छ। प्रताप मल्लको पालाबाट बनाइँदै आएको रोपाई जात्रालाई आफूहरूले निरन्तरता दिँदै आएको स्थानीयहरूको भनाइ छ। झाँकीसहितको जात्रामा बौद्ध परिसरबाट रोपाई सुरु गरेर बौद्ध परिक्रमासँगै बौद्ध पिपलबोटदेखि टुसालसम्म पुगेको थियो। बौद्धको रोपाइँ जात्रामा खेतमा छ्यापेको हिलोको प्रतीकका रूपमा ...
। बलिउड अभिनेता दीपराज राणाले नेपाली फिल्म ‘सुख दुःख’मा अभिनय गर्ने भएका छन् । निर्मात्री नीता ढुङ्गानासँग उनले लिखित सम्झौता गरेका छन् । सिंघम रिटन्र्स, प्रेम रतन धन पायो, दबङ ३ सहित हालै रिलिज भएको ‘मेट्रो इन दिनो’मा उनको अभिनय छ । बिल्ली उस्ताद, सितारे जमीन परजस्ता फिल्ममा पनि अभिनय गरेका छन् । उनले यसअघि श्रीकृष्ण श्रेष्ठ ...
। विश्वचर्चित फिल्म ‘स्पाइडर-म्यान’को नयाँ श्रृंखलाको छायांकन ग्लास्गोमा सुरु भएको छ । प्राप्त भिडियो र तस्वीरमा अभिनेता टम हल्याण्डले छायांकन थलोमा प्रशंसकलाई भेटिरहेको देखिन्छ । नयाँ श्रृंखलाको नाम ‘स्पाइडर-म्यान : ब्राण्ड न्यू डे’ राखिएको छ । स्कटल्याण्डमा छायांकन भएको अभिनेता हल्याण्डको यो लगातार दोस्रो फिल्म हो । उनी गत महिना इन्भरनेस र मोरे वरपरका विभिन्न स्थानमा क्रिस्टोफर ...