मुख्य समाचार
१३ वर्षमुनिका बालबालिकाका लागि फुटबल एकेडेमी सञ्चालन गर्दै एन्फा
१३ वर्षमुनिका बालबालिकाका लागि फुटबल एकेडेमी सञ्चालन गर्दै एन्फा

। अखिल नेपाल फुटबल संघ (एन्फा) ले एकेडेमी सञ्चालनका लागि १३ वर्षमुनिका बालबालिकाको खुला छनोट गर्ने भएको छ ।

एन्फाले २०८१ वैशाखदेखि आफ्ना एन्फा टेक्निकल सेन्टरहरुमा एकेडेमी सञ्चालन गर्न लागेको र त्यसका लागि १३ वर्षमुनिका खेलाडी छनोट गर्न लागेको हो ।


एकेडेमीका लागि यू-१३ छात्र/छात्रा खेलाडी छनोट गर्न एन्फाले ४८ वटा जिल्ला फुटबल संघ र ७ प्रदेशका प्रदेश फुटबल संघलाई पत्राचार गरेको छ ।

जिल्ला फुटबल संघहरुमा १५ देखि २२ चैतसम्म जिल्लास्तरको छनोट हुनेछ । त्यसपछि प्रदेश फुटबल संघबाट २४ देखि ३० गतेसम्म दोस्रो चरणको प्रादेशिक छनोट हुनेछ ।

त्यसपछि एन्फाले २०८१ वैशाख ३ देखि १० गतेसम्म अन्तिम चरणको छनोट गर्ने जनाएको छ ।

एकेडेमीका लागि बालकहरु २०६६ पुस १७ देखि २०६८ पुस १६ सम्म जन्मेको हुनुपर्नेछ । बालिकाहरु भने २०६७ पुस १७ देखि २०६९ पुस १६ सम्मको जन्म मिति हुनुपर्नेछ ।

छनोटमा सहभागी हुने खेलाडीले सक्कल जन्मदर्ता प्रमाणपत्र र नाबालक परियच पत्र अनिवार्य रूपमा बुझाउनु पर्ने एन्फाले जनाएको छ ।

फुटबल खेलको विकास र विस्तार गर्न युवा विकास परियोजना अन्तर्गत एन्फाले विगतमा एकेडेमी सञ्चालन गरेको थियो । तर पछिल्लो समय भने एन्फाले एकेडेमीलाई निरन्तरता दिन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...