। गत वर्ष रिलिज भएको ‘टाइगर ३’ पछि फ्यान सलमान खानको अर्को ब्लकबस्टर फिल्मको पर्खाइमा छन् । यस्तोमा उनको आगामी फिल्मलाई लिएर महत्वपूर्ण खबर बाहिरिएको छ ।
सलमानले मंगलबार सामाजिक सञ्जालबाट नयाँ फिल्मको घोषणा गरेका छन् । आफ्नो महत्वाकांक्षी प्रोजेक्टका लागि सलमानले निर्देशक आर मुरुगादास र निर्माता साजिद नाडियावालासँग सहकार्य गर्दैछन् ।
यो फिल्मलाई सन् २०२५ को ईदमा ल्याउने उनको तयारी छ । नाडियाडवालासँग सलमानको यो सहकार्य पहिलोपटक भने होइन । उनीहरुले एकसाथ जुडवा, मुझे शादी करोगी, किक जस्ता सुपरहिट फिल्म दिएका छन् ।
तमिल फिल्म निर्देशक आर मुरुगादास गजनी, होलिडे : ए सोल्जर इज नेभर अफ ड्युटीसहित हिट फिल्मले चर्चामा छन् । मुरुगादासले आफ्नो पहिलो हिन्दी फिल्म ‘गजनी’बाट भारतीय बक्स अफिसमा १०० करोड भारु कमाए । नाडियाडवालाले सलमानसँग बनाएको ‘किक’ले २०० भारु करोड कमाएको थियो ।
भारतीय फिल्मका यी तीन हस्ती फिल्ममेकरको सहकार्यबाट पुनः अर्को ब्लकबस्टर आउनेमा फ्यान आशावादी छन् ।