। स्पानिस क्लब एट्लेटिको मड्रिड र जर्मन क्लब बोरुसिया डर्टमण्ड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
एट्लेटिकोले इटालियन क्लब इन्टरमिलानलाई पेनाल्टीसुटआउटमा ३-२ ले हराएर अन्तिम ८ मा स्थान बनाएको हो ।
दुई लेगको खेल २-२ को बराबरीमा सकिएपछिको खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो ।
पहिलो लेग इन्टरले १-० ले जितेको थियो । तर, घरेलु मैदानमा भएको दोस्रो लेगमा एट्लेटिकोले एक गोलले पछि पर्दा पनि पुनरागमन गर्दै दुई गोल गरेको थियो ।
३३औं मिनेटमा फेडेरिको डिमार्कोले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । तर, एन्टोनी ग्रिजमनले ३५औं र मेम्पिस डिपाएले ८७औं मिनेटमा गोल गरेपछि एट्लेटिकोले खेलमा अग्रता लिंदै समग्रमा स्कोर २-२ पुर्याययो । त्यसपछि खेलमा निर्धारित समयम र ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोलीबाट थप गोल हुन सकेन ।
पेनाल्टीसुटआउटमा एट्लेटिकोका लाथि मेम्पिस डिपाए, रोड्रिगो रिक्वेल्मे र एन्जल कोरेअले गोल गरे । सउल निगेजले गोल गर्न सकेनन् ।
यस्तै सुटबउटमा एट्लेटिकोका गोलकिपर जान ओब्लाक नायक भए । उनले इन्टरका एलेक्सिस सान्चेज र डेभ्भी क्लासेनको पेनाल्टी प्रहार बचाए । इन्टरका लाउटारो मार्टिनेजको प्रहार पोष्टभन्दा बाहिर गयो ।
इन्टरका लागि हाकन चालहानोग्लु र फ्रान्सेस्को असेर्बीले मात्र गोल गरे ।
यस्तै डर्टमण्डले डच क्लब पीएसजी आइन्डहोभनलाई दोस्रो लेगमा २-० ले पराजित गर्दै समग्रमा ३-१ को समग्रमा ३-१ को नतिजा निकालेको हो । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो ।
डर्टमण्डलाई दोस्रो लेगमा जित दिलाउन जाडोन सान्चोले तेस्रो र मार्को रिउसले खेलको इन्जुरी टाइको पाँचौ मिनेटमा गोल गरे ।