फिल्मको प्रचार, भविष्यवाणी गर्नेहरुको बकबक, मनोनित हुनेसँगको रमाइलो । बितेको महिना विश्व फिल्म र कला पत्रकारिता ओस्कारमय बन्यो । सोमबार बिहान बाँडिएको मनोरञ्जनात्मक ओस्कार समारोहले हलिउडको आकाशमा बादल मडारिएको संकेत गर्छ, जुन कुरा हलिउडलाई मात्र थाहा छ ।
उपभोक्ताको रुपमा हामी सामग्रीलाई पर्खने दर्शक मात्र हौं । तर यो सोचाइ पनि आफैंमा समस्याको एक हिस्सा हो । के भइरहेको छ भन्ने कुरा निश्चित नहुँदासम्म यसबारे बढी सोध्न पनि सक्दैन ।
सन् २०२४ को बक्स अफिसमा प्रभुत्व जमाएको साइन्स फिक्सन फिल्म ‘ड्युन पार्ट २’ निर्देशन डेनिस भिलेनुभजस्ता ठूला हलिउड निर्देशकले टाइम म्यागजिनसँग भने, ‘हामी यतिबेला निकै रुढीवादी समाजमा बाँचिरहेका छौं । यहाँ रचनात्मकतालाई प्रतिबन्ध लगाइएको छ । यहाँ सबथोक वालस्ट्रिटबारे मात्र छ । स्वतन्त्रता र जोखिम लिने कुराले मात्र सिनेमालाई जोगाउन सक्छ । र, तपाईंले यसअघि नदेखेको कुरा देख्दा दर्शक उत्साहित भएको देख्नुहुन्छ । इशा राय, डेकोटा जोन्सनजस्ता स्टारले नाफाका लागि काम गर्ने हलिउड कार्यकारीको प्रवृत्तिको आलोचना गर्दै आएका छन् ।’
गत वर्षको गर्मीयाममा लेखक र अभिनेताको हड्ताल टुंगिएपछि फिल्मको बाढी आउनुपर्थ्यो तर हलिउड कार्यकारीहरुले यो प्रक्रियालाई अवरुद्ध गरिरहेका छन् । ‘रेखाभन्दा तलका कामदार’ भनिने प्राविधिक यतिबेला कार्यकारीसँग वार्तामा छन्, हलिउड अर्को ठूलो हड्तालको संघारमा छ जस्तो देखिन्छ ।
आइतबारको अवार्ड ग्रहण भाषणमा क्रिस्टोफर नोलन (जसले ओपेनहाइमरबाट उत्कृष्ट निर्देशन विधामा जिते) र लेखक–निर्देशक कोर्ड जेफरसन (जसले आफ्नो फिल्म डेब्यु, अमेरिकन फिक्सनको लागि सर्वश्रेष्ठ एडप्टेड स्क्रिनप्ले जिते)ले व्यक्तिगत रचनात्मक आवाजका लागि जोखिम लिन हलिउडलाई आग्रह गरे । ‘२०० मिलियन डलरको एउटै फिल्मभन्दा बढी १० वा २० मिलियन डलर लगानीमा फिल्म बनाउने प्रयास गर्नुस्,’ जेफरसनको सुझाव थियो ।
साँचो अर्थमा हलिउड कलाकारको साथी भएको छैन । याद गर्नुहोस् कि क्याथरिन हेपबर्नले १९३० को दशकको अन्तमा स्वतन्त्र थिएटर ओनर्स एसोसिएसनले उनलाई ‘बक्स अफिस विष’को संज्ञा दिएको थियो । त्यसपछि उनी आफैंले पुनरागमनको रणनीति बनाउनुपरेको थियो ।
सबै फिल्म निर्माता र कलाकारलाई पैसा चाहिन्छ तर जेफरसनले सुझाव दिए झैं तपाईंलाई केही ठूलो बनाउनका लागि भने पैसा चाहिंदैन । ‘ओपेनहाइमर’ले अवार्ड जित्दा मार्टिन स्कोरसिसको ‘किलर अफ द फ्लावर मुन’ले अवार्ड जित्न सकेन । यसले फिल्मको गुणस्तरलाई चित्रण गर्दैन । यी दुवै फिल्म कल्पना लोकमा सयर गर्दै ठूला पर्दामा हेर्नका लागि बनाइएका थिए । फिल्ममा उनीहरुको गुणस्तरको मापन, जोश र ऊर्जा कहीं पनि संकुचित छैन ।
‘ओपेनहाइमर’ गएको गर्मीयाममा दुई फिल्मको लहरलाई लिएर संयुक्त रुपमा भएको भनिएको ‘बार्बेनहाइमर’को एउटा हिस्सा थियो । यदि तपाईंले मौलिक, महत्वाकांक्षी र सुन्दर फिल्म दर्शकलाई दिनुहुन्छ भने दर्शक आफ्नो कम्फर्ट–जोनबाट बाहिरिन सक्छन् भन्ने कुरालाई हलिउड कार्यकारीसामु प्रमाणित गर्नुपर्छ ।
ग्रेटा गेर्विगको बार्बी हामीले देखेका कुनै पनि फ्रेन्चाइजी किकअफ भन्दा फरक छ । लगभग सबैले के सोचेका थिए भने ‘किलर्स अफ द फ्लावर मुन’ले उत्कृष्ट अभिनेत्री विधामा अवार्ड जित्नेछ । उनले यो विधा जित्ने चर्चा महिनौंदेखि चलिरहेको पनि थियो । तर त्यो कुरा आंशिक थियो । निर्माता कम्पनी एप्पलले ओस्कार जित्न सकेन तर यसले दर्शकलाई के अर्थ दिन सक्छ भने दर्शकलाई विशेष महसुस गराउनुपर्छ भन्ने सही रणनीति अख्तियार गर्नैपर्छ ।
यो थोरै निराशाजनक र केही आशावादी छ कि फिल्मको सफलता रणनीतिमा निर्भर हुनसक्छ । हामीमध्ये जो अझै पनि फिल्मलाई हलमै हेर्न जानुपर्छ भन्ने धारणा राख्छौं । नोलनले जस्तै ओटीटी स्ट्रिमरलाई शत्रुको रुपमा हेर्नुपर्छ भन्ने धारणा सही छैन । नोलनले स्ट्रिमिङलाई खतरा मात्र भनेका छैनन्, फिल्मको भौतिक रिलिजको वकालत गर्दै आएका छन् ।
नेटफ्लिक्स फिल्मका पूर्वअध्यक्ष स्कट स्टुबरले बितेको दशकमा ‘रोमा’ र ‘आइरिसम्यान’जस्ता केही फिल्मका अनुभवलाई ल्याए । उनले द पावर अफ द डग, ग्लास ओनियन : अ नाइभ्स आउट मिस्ट्री, म्यारिज स्टोरी, अल क्वाइट अन द वेस्टर्न फ्रन्ट पनि ल्याएका छन् । ‘किलर्स अफ द फ्लावर मुन’ले ओस्कारमा केही पनि जितेन तर यसले यस्तो मानक खडा गरेको छ, जसमाथि हलिउड कार्यकारीले बाजी लगाउनुपर्छ ।
एउटा शब्द ‘स्टुबर’ भन्ने छ, जसलाई लिएर ‘लेगो’ फिल्मका निर्माता ड्यान लिन र नेटफ्लिक्सका सहायक कार्यकारी अधिकृत टेड सारान्डोसबीच हलमा फिल्म रिलिजको प्राथमिकतालाई लिएर मतभिन्नता प्रकट भएको थियो । यो रणनीतिको उद्देश्य थोरै फिल्ममार्फत उच्च गुणस्तर हासिल गर्ने थियो । उपभोक्तालाई लुगाको गुणस्तर थाहै नदिइकनै बितेको २५ वर्षमा ‘फास्ट-फेसन’मा जुन परिवर्तन र सस्ता लुगाको जुन बाढी आएको छ, त्यसैगरी उपभोक्तालाई परिवर्तनशील गुणस्तरको साथमा धेरै सामग्री प्रदान गर्ने उद्देश्य उक्त रणनीतिमा लुकेको छ ।
के हामी अझै पनि नयाँ संवेदना र भावना जगाउने उद्देश्यले बनेका फिल्म हेर्न चाहन्छौं ? सर्वोत्कृष्ट अभिनेत्री विधामा एम्मा स्टोनको जितले लिली ग्लाडस्टोनका धेरै प्रशंसकलाई निराश बनाएको हुनसक्छ । तर योर्गोस ल्यान्थिमोसको फिल्म ‘पुअर थिंग्स’ शारीरिक प्रदर्शनको एक आश्चर्यजनक उपलब्धि हो । साथै यौन स्वतन्त्रताको विचारको मस्तिष्क अन्वेषण हो । यदि तपाईंलाई ‘पुअर थिंग्स’ टाउकोको कसरतका लागि मात्र हो भन्ने लाग्छ भने हेर्नुस् यसले विश्वव्यापी बक्स अफिसमा १०८ मिलियन डलर कमाउँदै उत्कृष्ट प्रदर्शन गरेको छ ।
उपभोक्ताको रुपमा हामी वास्तवमै के चाहन्छौं ? के हामी ‘ओपेनहाइमर’ र ‘किलर्स अफ द फ्लावर मुन’जस्ता स्थापित निर्माताले बनाएका विचारशील फिल्म हेर्न चाहन्छौं ? के हामी ‘अमेरिकन फिक्सन’जस्तै कम बजेटमा बनेका तर ऊर्जाशील फिल्म हेर्न चाहन्छौं ? यो फिल्मबाट जेफ्री राइटजस्ता नयाँ कलाकारले चम्किने मौका पाए । के हामी ‘पुअर थिंग्स’जस्ता फिल्म हेर्न चाहन्छौं, जसले कस्ट्युम डिजाइनसहित चार ओस्कार अवार्ड जित्यो । यदि हामी फिल्मलाई कलाको रुपमा हेर्न चाहन्छौं भने यी सबैको प्रश्नको एउटै उत्तर हुनेछ, अवश्य पनि । स्ट्रिमिङ सर्भिसले पनि यस्ता फिल्ममा पैसा खन्याउन सक्छन् । उनीहरुलाई थिएटरमा पनि ठाउँ दिनु आवश्यक छ, जसले पर्दाका पर्दाका प्रत्येक इन्चलाई आकर्षक तुल्याउन सक्छन् ।
कोरोना महामारी सुरु भएदेखिका केही वर्षमा फिल्ममा निकै रुचि राख्ने मेरा अनगिन्ती साथीहरुले ब्रह्माण्डको सबैभन्दा ठूलो आविष्कार गरेजस्तै तरिकाले भनेका थिए, ‘जब म मेरो घरको ठूलो टिभीमा फिल्म हेर्न सक्छु भने किन दुर्गन्धित पुरानो थिएटरमा जान्छु ? उनीहरुले ठूला कर्पोरेट स्ट्रिमरको रणनीतिलाई मजाले पछ्याएका छन् । उनीहरु आफूले थोरै लागतमा मूल्यवान सेवाको फाइदा लिइरहेको सोच्छन् ।
अब यो सबै कुरा परिवर्तन हुनेवाला छ । अब हामी स्ट्रिमरको सेवामा यति अभ्यस्त हुन थालेका छौं कि उनीहरुले दर बढाउन थालेका छन् । अब हामीले निर्णय गर्ने बेला आएको छ, महान् फिल्म बनाउन खोज्नेहरुको पक्ष लिने कि कुनै पनि तरिकाले हामीबाट पैसा कमाउन खोज्नेहरुको पक्षमा उभिने ? महत्वाकांक्षी फिल्म निर्माता र ठूला फिल्ममा लगानी गर्ने उनीहरुको प्रतिबद्धताको सुनिश्चित हुन अझै बाँकी नै छ ।
तपाईं नोलन, स्कोरसेस, जेफरसन र ल्यान्थिमोसको टोलीमा उभिन चाहनुहुन्छ वा लगातार सामग्री मात्र रिलिज गरिरहने स्ट्रिमिङ सर्भिसतर्फ जान चाहनुहुन्छ ? नोलनले आफ्नो ओस्कार भाषणमा भने झैं फिल्म कला १०० वर्षभन्दा पुरानो हो । उनले भनेका थिए– ‘कल्पना गर्नुहोस् कि त्यहाँ फिल्मको ठाउँमा चित्रकला वा नाट्यकला हुन्थे भने के हुन्थ्यो ? हामीलाई थाहा छैन यो अविश्वसनीय यात्रा यहाँबाट कहाँ गइरहेको छ ? हामीलाई थाहा छ, हामीलाई यो यात्राको लागि पानी चाहिन्छ र फायरहोस (तीव्र गतिमा पानी फ्याँक्ने स्प्रेडर)बाट पिउन असम्भव छ ।’
टाइम म्यागजिनबाट अनुदित