मुख्य समाचार
टिकटकलाई पछि पार्दै इन्स्टाग्राम बन्यो सर्वाधिक डाउनलोड हुने एप
टिकटकलाई पछि पार्दै इन्स्टाग्राम बन्यो सर्वाधिक डाउनलोड हुने एप

मेटा स्वामित्वको सोसल मिडिया एप इन्स्टाग्राम गत वर्ष सन् २०२३ मा विश्वमा सर्वाधिक डाउनलोड हुने एप बन्न सफल भएको छ ।

चिनियाँ प्रतिस्पर्धी टिकटकलाई पछि पार्दै इन्स्टाग्रामले आफ्नो बढ्दो लोकप्रियतालाई पुष्टि गरेको छ ।


मार्केट इन्टेलिजेन्स कम्पनी सेन्सर टावरको रिपोर्ट अनुसार गत वर्ष इन्स्टाग्रामको डाउनलोडमा २० प्रतिशतले वृद्धि भयो र कुल ७६ करोड ८० लाख पटक डाउनलोड भयो ।

सर्वाधिक डाउनलोड हुने एपको दोस्रो स्थानमा रहेको टिकटक ७३ करोड ३० लाख पटक डाउनलोड भएको छ ।


चिनियाँ कम्पनी बाइटडान्स स्वामित्वको टिकटकको डाउनलोड दरमा गत वर्ष ४ प्रतिशतले वृद्धि भएको छ।

इन्स्टाग्रामले पछिल्लो समयमा अन्य विभिन्न लोकप्रिय सोसल मिडिया प्लाटर्फमका फिचरहरु नक्कल गर्दै आएको छ र त्यसले प्रयोगकर्ताको आकर्षण बढाउनमा सहयोग गरिरहेको छ । यसमध्ये इन्स्टाग्रामले थप गरेको एउटा फिचर रील्स हो । टिकटकको भाइरल भिडियो फिचरको सिको गर्दै इन्स्टाग्रामले सन् २०२० मा रील्स लञ्च गरेको थियो ।

सेन्सर टावरका वरिष्ठ व्यवस्थापक अब्राहक युसुफ भन्छन्- पछिल्ला वर्षहरुमा प्रयोगकर्ताको अबलम्बन दरमा इन्स्टाग्रामले टिकटकलाई पछि पारेको छ । यसको एउटा मुख्य कारण चाहिं यसको रील्स फिचरको लोकप्रियतासँगै आम सोसल मिडियाको रुपमा थप फिचर तथा सुविधाहरु उपलब्ध हुुनु हो ।

विश्लेषकहरुका अनुसार सेलिब्रेटी तथा प्रभावशाली व्यक्तिहरु इन्स्टाग्रामतर्फ आकर्षित भैरहेका छन् किनकि आफ्नो व्यापक फलोअर्सका कारण उनीहरुले त्यहाँबाट सजिलैसँग पैसा आर्जन गर्न सक्दछन् । जबकि टिकटक भनेको केवल रातारात भाइरल बन्ने सफलता प्राप्त गर्नका लागि कन्टेन्ट क्रियटर्सहरुका लागि मात्रै उत्तम गन्तव्य बनिरहेको छ।

त्यस्तै इन्स्टाग्रामको लोकप्रियताको अर्को कारण भनेको टिकटकले आफ्ना भिडियोहरु डाउनलोड गरेर अन्य प्लाटर्फममा पोस्ट गर्नसक्ने सुविधा दिनु पनि हो ।

प्रयोगकर्ताहरुले टिकटकमा बनाएका भिडियोहरु डाउनलोड गरेर इन्स्टाग्राममा पोस्ट गर्ने गरेका छन् ।

तथ्यांक अनुसार इन्स्टाग्राममा मासिक सक्रिय प्रयोगकर्ताको संख्या एक अर्ब ४७ करोड पुगेको छ भने टिकटकका सक्रिय प्रयोगकर्ता एक अर्ब १२ करोड छन् ।

सन् २०२३ को पछिल्लो तीन महिनामा टिकटकका प्रयोगकर्ताको संख्या एक करोड २० लाखले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ट्विटरको चर्चित ‘नीली चरी’ लोगो ३४,३७५ अमेरिकी डलर (झण्डै ४७ लाख नेपाली रुपैयाँ) मा बिक्री भएको छ। ९ चैत, काठमाडौं । ट्विटरको लामो समयदेखि पहिचान थियो- ‘निली चरी’ लोगो । इलोन मस्कले यसको कम्पनी खरिद गरेपछि ठूलो लोगो लगायत अन्य नीतिहरूमा पनि परिवर्तन आयो। मस्कले ट्विटरको नाम परिवर्तन गर्दै यसलाई ‘एक्स’ बनाएका थिए। त्यसपछि, अमेरिकाको सान ...
— भिडियो सेयरिङ प्लाटफर्म टिकटक बेच्न दबाब दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थपेको समयसीमा सकिन दुई साता मात्रै बाँकी छ । यो अवधिमा टिकटक किन्न ओर्‍याकल, वालमार्टजस्ता ठूला प्रविधि कम्पनी अघि सरेका छन् । तर, स्वामित्वकर्ता चिनियाँ कम्पनी बाइटडान्सले टिकटक बेच्नुभन्दा बरु अमेरिकामा व्यवसाय नै बन्द गर्न ज्यादा रुचि देखाएको छ । योसँगै झन्डै १८ करोड प्रयोगकर्तासहित अमेरिकामा लोकप्रिय ...
— चर्चित प्रविधि कम्पनी नोकियाले चन्द्रमामा फोरजी एलटीई मोबाइल नेटवर्क सञ्चालनमा ल्याएको छ । तर यसबाट फोन कल भने हुन नसकेकोमा कम्पनीले खिन्नता प्रकट गरेको छ । नोकियाले चन्द्रमामा आफ्नो नेटवर्क सञ्चालनका केही महत्वपूर्ण पक्षहरूमा सफलता हासिल गरेको विज्ञप्तिमा जनाएको छ । यसमा चन्द्रमाबाट पृथ्वीमा रहेको ग्राउन्ड स्टेसन र मिसन कन्ट्रोल सेन्टरमा सफलतापूर्वक डेटा तथा ...
— जिल्लाका विभिन्न आठ स्थानमा जलविद्युत् उत्पादनको सर्वेक्षण थालिएको छ । विद्युत् विकास विभागले छ वटा नदी तथा खोलाबाट विद्युत् उत्पादन गर्न आठवटा कम्पनीलाई सर्वेक्षण अनुमति दिएसँगै उनीहरुले सर्वेक्षण थालेका हुन् । बूढीगण्डकीमा विद्युत् उत्पादन सर्वेक्षणका लागि दुई कम्पनीले अनुमति पाएका छन् । प्रोकमा ९३ मेगावाट क्षमताको ‘बूढीगण्डकी प्रोक–१ जलविद्युत् आयोजना’ निर्माणका लागि चिलिमे हाइड्रोपावर ...
। दक्षिण कोरियाले चिनियाँ कम्पनी डीपसीकको एआई च्याटबोट डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ। सरकारी एजेन्सीका अनुसार यो एआई मोडेल दक्षिण कोरियाका मानिसहरूका लागि त्यतिबेला मात्र उपलब्ध हुनेछ जब उक्त कम्पनीले देशको व्यक्तिगत डाटा संरक्षण कानुनको पालना सुनिश्चित गर्नेछ । बीबीसीका अनुसार पछिल्लो हप्ता डीपसीक दक्षिण कोरियामा निकै चर्चित बनेको थियो। एप स्टोरबाट लाखौंले यसलाई डाउनलोड गरिसकेका छन्। डीपसीक ...