मुख्य समाचार
सुर्खेतमा कोरोनाविरुद्धको खोप लगाइँदै
सुर्खेतमा कोरोनाविरुद्धको खोप लगाइँदै

: सुर्खेतमा कोरोनाविरुद्धको खोप अभियान पुनः सञ्चालन हुने भएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेको र अधिकांश नागरिक खोप लगाउन छुटेको भन्दै यो अभियान सञ्चालन गर्न लागिएको हो। बिहीबारबाट सुरु हुने यो अभियान अन्तर्गत जिल्लाका चार वटा स्थानीय तहमा खोप लगाइने छ।


जिल्लाका चौकुने गाउँपालिका, चिगांड गाउँपालिका, पञ्चपुरी नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा यो अभियान संचालन हुन लागेको हो। यसअघि कोरोनाविरुद्धको बुस्टर डोज लगाउन छुटेका १२ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाइने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए। उनका अनुसार तीन दिनसम्म संचालन हुने अभियानअन्तर्गत सुर्खेतमा १९ हजा ८ सय डोज खोप लगाइने छ। खोप अभियान सफल बनाउन ४४ वटा खोपकेन्द्र स्थापना गरिएका छन्।

यसअघि पनि जिल्लामा कोरोनाविरुद्धको खोप अभियान चलाइएको थियो। तर, कतिपय नागरिकले अभियानबारे जानकारी नपाएको, जानकारी पाएकाहरुले पनि कोरोनाविरुद्धको खोप लगाउन आनाकानी गरेको र धेरैजसो नागरिक रोजगारीका लागि भारततर्फ गएका कारण खोप लगाउन छुटेका छन्। यसअघि छुटेका नागरिकलाई लक्षित गरेर पुनः खोप अभियान सुरु गर्न लागिएको जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गौतमको भनाइ छ। उनका अनुसार जिल्लामा यसपटक फाइजर खोप लगाइने र यसअघि छुटेका नागरिकलाई प्राथमिकता दिइनेछ।



यसअघिको अभियानमा खोप लगाउनेको संख्या कम भएका स्थानीय तहमा यसपाली पुनः खोप अभियान संचालन गर्न लागिएको हो। खोप अभियानलाई प्रभावकारी बनाउनका लागि स्वास्थ्य सेवा कार्यालय सुर्खेत र इपिक नेपालले बुधबार वीरेन्द्रनगरमा सरोकारवालासँग छलफल गरेका छन्। त्यसक्रममा सरोकारवालाहरुले यसपटक खोप अभियानलाई प्रभावकारी बनाउन सुझाव दिएका छन्। सुर्खेतमा कोरोनाविरुद्धको खोप पहिलो डोज ९१ दशमलव ६ प्रतिशत र दोस्रो डोज ८० दशमलव ९ प्रतिशत नागरिकले लगाएका छन्। यस्तै पहिलो बुस्टर डोज ३६ दशमलव ८ प्रतिशत र दोस्रो डोज १ दशमलव ४ प्रतिशत नागरिकले मात्रै लगाएका छन्। यसकारण पनि खोप अभियानलाई पुनः संचालन गर्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले कैदीबन्दीलाई राज्यले थुनेर राखेर वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको बताएकी छिन् । बुधबार बसेको कानून न्याय तथा मानवअधिकार समितको बैठकमा उनले सरकारी तथ्यांककै आधारमा हिसाव गर्दा कैदीबन्दीका व्यक्तिगत खाना, स्वास्थ्य, न्याय लगायतका कुराहरू २ अर्ब २७ करोड ४४ लाख ८ हजार १ सय ६४ रुपैयाँ ...
काजखस्तानकी अलेनाले काठमाडौं स्पाइकर्सबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने
। यस दिनमा अंगदानले जीवन बचाउने कुराबारे सचेतना फैलाउने काम गरिन्छ । साथै अंगदान गरी कसैको जीवन बचाउन योगदान गर्ने व्यक्ति र उसको परिवारको सम्मान स्वरुप यो दिवस मनाइन्छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बुधबार विशेष कार्यक्रम आयोजना गरी विश्व अंगदान दिवस मनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको उपस्थितिमा केन्द्रले समारोह आयोजना गरेको ...
सावधान ! सेयरको लोभ देखाउँदै आउने म्यासेज खोल्दा बैंक खाता रित्तिएला
— नेपालमा जापानिज इन्सेफलाइटिस संक्रमितको संख्या ३३ पुगेको छ । १० दिनअघि १३ जनामा संक्रमण पुष्टि भएको थियो भने यो क्रम रोकिने देखिँदैन । स्वास्थ्य मन्त्रालयका अनुसार जापानिज इन्सेफलाइटिस संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ भने यो १८ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार संक्रमितमध्ये मृत्यु हुने दर नौ प्रतिशतभन्दा बढी छ । संक्रमित ...